२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

दुर्घटनामा परि तीन जनाको मृत्यु

२०७६, २७ भाद्र शुक्रबार १५:२६

भदौ २७, सप्तरी | सप्तरीको कञ्चनरुप नगरपालिकामा छुट्टाछुट्टै सडक दुर्घटनामा आज  तीन जनाको मृत्यु भएको छ । 

सप्तरीको कञ्चनरुप नगरपालिका–८ नन्दलालचोकमा  मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको बा ९१प १७३० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटसाइकलमा सवार कञ्चनरुप नगरपालिका–११ बस्ने त्रिभुवन चौधरी र सोही वडाका रुपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजवीराज ल्याइएकामा पनि उपचारकै क्रममा मृत्यु भएको दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै  कञ्चनरुप नगरपालिका–७ आदर्शटोलस्थित फत्तेपुर–कञ्चनपुर सडक खण्डमा फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु  समेत भएको छ ।

ना१क ७९८३ नम्बरको टिपरले सोही दिशाबाट आउँदै गरेको साइकलयात्री राजविराज–१० दिघवा निवासी २० वर्षीय मनोज रामलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ  ।

ठक्करबाट गम्भीर घाइते रामको दुबै खुट्टा भाच्चिएपछि  उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा