Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा बजार अनुगमन भएन

२०७६, ४ आश्विन शनिबार ०५:००

असोज ४, बैतडी | कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन कार्य चाडपर्व नजिकिए पनि बैतडीमा शुरु हुन सकेको छैन । चाडपर्वको बेला हुने कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भए पनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो ।

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरामा बजार अनुगमन हुन नसकेको बैतडीमा नेपालीको मुख्य चाड दशैँतिहार नजिकिँदापनि बजार अनुगमन शुरु हुन सकेको छैन । उपभोक्ताको हितको लागि दशैँितहारलाई लक्षित गरेर केही दिनमै बजार अनुगमन कार्य थालिने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । 

स्थानीय तह, सम्बन्धित कार्यालय र जिल्ला प्रशासन कार्यालयले संयुक्तरुपमा बजार अनुगमन गर्ने जनाइएको छ । बजार अनुगमनको लागि क्षेत्रगत र विषयगत गरी दुई कलस्टर बनाइएको छ । क्षेत्रगत रुपमा जिल्लाका मुख्यमुख्य बजार गोठलापानी, शाहीलेक, देहीमाडौँ, पाटन, खोडपे, पुर्चौडी, मेलौलीलगायतका रहेका छन् ।

विषयगतमा स्वास्थ्य, पशु तथा पशुजन्य, खाद्य प्रविधि, कृषि तथा कृषिजन्य, नापतौल, इन्धन, यातायात, वाणिज्य तथा आपूर्तिलगायतका रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय आफैँले पनि बजार अनुगमन गर्ने भए पनि संयुक्तरुपमा बजार अनुगमन गर्ने निर्णय भएकाले केही ढिला शुरु हुन गएको उहाँले बताउनुभयो ।

बजारमा म्याद गुज्रेका सामग्री बिक्री वितरण नहोउन भनेर तथा कालोबजारी र महँगी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमनको कार्य गरिन्छ । बजार अनुगमन कार्यले व्यापारी र उपभोक्ता दुवै सचेत हुन्छन् । बजार अनुगमनले उपभोक्तालाई आफ्नो अधिकारको बारेमा जागरुक गराउँदछ भने व्यापारीलाई पनि मिति हेरेर सामान किन्न प्रेरित गर्ने दोगडाकेदार–३ श्रीकोटका गणेश विष्टको भनाइ रहेको छ । बजारमा बिक्री हुने सामग्री विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने उहाँले बताउनुभयो ।  

बजार अनुगमन नियमितरुपमा भयो भने बजारमा हुने विभिन्न प्रकारका कालोबजारी नियन्त्रण हुने र यसले मानवको स्वास्थ्यलाई बचाउने गुरुखोला स्वास्थ्यचौकीका अहेव लवदेव भट्टको भनाइ रहेको छ । चाडपर्व लक्षित मात्रै नभएर समयसमयमा अनुगमन गरे आफूहरुलाई पनि सजिलो हुने व्यापारीले बताएका छन् । समय समयमा अनुगमन गर्दा व्यापार व्यवसायमा अनुशासन कायम हुने खोचलेक बजारका एक व्यवसायी दीपेन्द्र कार्कीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली