2026-06-25 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ को राजमार्ग पार गर्न समय तोकियो, २२५ किमि सडक ५ घण्टामा सडक पार गर्नुपर्ने

असोज ५, जनकपुरधाम । पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनले ५ घण्टामा प्रदेश २ अन्तर्गतको सडक खण्ड पार गर्नुपर्ने भएको छ । प्रदेश २ ट्राफिक प्रहरी कार्यालयले प्रदेश अन्तर्गतको २२५ किलोमिटर सडक ५ घण्टा २५ मिनेटभित्र पार गर्ने गरी टाइम कार्ड लागू गरेको हो । 

प्रदेश २ ट्राफिक प्रहरी कार्यालय, पथलैयाका अनुसार प्रदेश २ को पूर्वको सीमा सप्तरीको भार्दहदेखि पश्चिम बाराको पथलैयासम्म ५ घण्टा २५ मिनेटसम्म पुग्नुपर्ने हुन्छ । 

सार्वजनिक सवारी साधनलाई भारदहदेखि धनुषाको लालगढसम्मको ११५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने गरी टाइमकार्ड लागू भएको छ । यो नियम अनुसार लालगढदेखि पथलैयासम्मको १ सय किलोमिटर दूरी २ घण्टा ४० मिनेटसम्म सबारी साधनलाई पार गर्नुपर्ने हुन्छ ।

पश्चिमबाट पूर्वतिर आउने सवारी साधनलाई पथलैयादेखि लालगढसम्मको १ सय किलोमिटरको दूरी २ घण्टा ४० मिनेट र लालगढदेखि भारदहसम्मको १ सय २५ किलोमिटरको दूरी २ घण्टा ४५ मिनेटमा पार गर्नुपर्ने हुन्छ ।

ट्राफिक कार्यालयले छोटो दूरीका लागि पनि टाइम कार्ड बनाएको छ । जसअनुसार भारदहदेखि शम्भुनाथसम्मको ३२ किलोमिटर ४० मिनेटमा, शम्भुनाथदेखि कदमाहासम्मको २२ किलोमिटरको दूरी ३० मिनेटमा र कदमाहादेखि सिरहाको बन्दीपुरसम्मको ४३ किलोमिटरको दूरी ५५ मिनेटमा  पार गर्नुपर्ने छ ।


यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्मको २९ किलोमिटर ४० मिनेटमा, लालगढदेखि कर्मैयासम्मको ४९ किलोमिटर दूरी १ घण्टा २० मिनेटमा र कर्मैयादेखि पथलैयासम्मको ५० किलोमिटरको दूरी १ घण्टा २० मिनेटमा पुग्नुपर्ने हुन्छ ।

टाइम कार्डको उल्लंघन गर्ने सवारीसाधनलाई जरिवाना तोकिने ट्राफिक प्रहरीले जनाएको छ । दशैंको बेला सवारी साधनको चाप हुने भएकाले यसलाई व्यवस्थित गर्न प्रदेश २ ले टाइमकार्ड लागू गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

यसअघि काठमाठौंबाट सिन्धुलीको बाटो भएर पूर्वतर्फ आवत-जावत गर्ने वीपी राजमार्गमा पनि यसरी गरी टाइमकार्ड लागू भइसकेको छ । टाइम कार्डको प्रवन्धले दुर्घटना कम हुने, यात्रुलाई सहज हुने र यातायातको व्यवस्थापन सहज हुने ट्राफिक प्रहरीको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ