Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 27, 2019 बैतडी - BTD, समाज

पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १०, बैतडी । </b>पाटन भ्याली र भुमेश्वर, पाटन नगरपालिकामा जारी ‘प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनमा प्रवेश गरेका छन् ।&nbsp;</p><p>बिहीवार श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न खेलमा पाटन नगरपालिका–६ पाटन भ्यालीले पाटन नगरपालिका–४ भूमेश्वरलाई आठ विकेटले हराएर अन्तिम चारमा स्थान बनाएको हो । भूमेश्वरले पाटन भ्यालीलाई ७८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाटन भ्यालीले दुई विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि वीरेन्द्र विष्टले ४२ रन बनाए । उनी म्यान अफ द म्याच घोषित भए । यसअघि ब्याटिङ गर्दै भूमेश्वरले १५ ओभरमा ७७ रन मात्र बनायो ।&nbsp;</p><p>अर्को खेलमा पाटन नगरपालिका–८ सिद्धेश्वरलाई नौ विकेटले हराउँदै पाटन–५ बसन्तपुर विजयी भयो । सिद्धेश्वरले दिएको १२८ रनको लक्ष्य बसन्तपुरले एक विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि म्यान अफ द म्याच मनोज ठगुन्नाले अविजित ६७ रन बनाए । </p><p>यस अघि पहिला ब्याटिङ गरेको सिद्धेश्वरले कृष्ण विष्टको अर्धसतकीय पारीको मद्दतमा १२७ रन बनायो । विष्टले ५५ रन बानाए । बलिङतर्फ बसन्तपुरका प्रकाश ठगुन्नाले तीन विकेट लिए । बुधवारदेखि शुरु भएको प्रतियोगितामा ६ टोलीको सहभागिता छ । पाटन नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पुरस्कार पाउने छन् ।&nbsp;&nbsp;</p>