2026-09-13 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ग्रामीण सडक अवरुद्ध, दशैंको लागि घर फर्कनेको लर्को

विनोदसिंह विष्ट | असोज १४, बैतडी | दशैँ शुरु हुँदा वर्षा पनि शुरु भएकाले बैतडीका ग्रामीण क्षेत्रमा पुग्ने नागरिकलाई समस्या भएको छ । वर्षाका कारण अधिकांश ग्रामीण कच्ची सडक हिलाम्य भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

जिल्लाका ग्रामीण कच्ची सडकमा वर्षाले हिलो भएपछि महङ्गो भाडा तथा जोखिम मोलेर आवतजावत गर्न बाध्य हुनुपरेको स्थानीयवासीले बताएका छन् । विभिन्न ठाउँबाट दशैँं मनाउन आफ्नो पुख्र्यौली थलोमा फर्कनेलाईसमेत समस्या भएको छ ।

जिल्लाको तल्लोसोराड जोड्ने पाटन–पञ्चेश्वर सडक हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा बाधा पुगेको मेलौलीका केशवसिंह भाटले बताउनुभयो । सडक हिलाम्य हुँदा दशैँका लागि घर फर्कने तथा पुख्र्यौली घरमा आउनेहरु महङ्गो भाडा तिरेर यात्रा गर्न बाध्य भएका उहाँले बताउनुभयो । 

यस्तै देहीमाडौं गिरेगडा सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको छ । ठाउँठाउँमा सडक चिप्लो भएकाले यात्रा गर्न निकै असहज हुने गरेको स्थानीय पदमराज जोशीले जानकारी दिनुभयो । सतबाँझ श्रीभावर सडक पनि वर्षाका कारण हिलाम्य हुँदा सवारी साधन सञ्चालनमा समस्या भएको चालक किशोर मडैले जानकारी दिनुभयो ।

लगातारको वर्षात्ले सडकमा गाडी गुडाउन असहज भएको छ । यस्तै श्रीभावर हाट, दुदिलाखान गाँजरी, अनारखोली कैलपाल लगायतका सडकमा पनि वर्षातका कारण सवारी साधन सञ्चालनमा समस्या आएको छ । दशैँको मुखमा वर्षा भएकाले दशैँका लागि तराईबाट पहाड झरेकालाई गन्तव्यमा पुग्न मुस्किल भएको छ । कतिपय ठाउँमा हिँडेरै जानुपर्ने बाध्यता आइलागेको छ । 

घर फर्कनेको लर्को 

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट घर फर्कनेको लर्को लागेको छ । दशैँ शुरु भएसँगै रोजगारीका लागि मुग्लान पसेका घर फर्किन थालेका हुन् ।

सीमावर्ती भारतीय शहर झुलाघाट, पिथौरागढमा काम गर्न गएका सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिक झुलाघाट नाकाबाट घर फर्किन थालेका हुन् । सीमा नाकाबाट आजभोलि दैनिक ४०० बढी नागरिक स्वदेश फर्कने गरेका सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायब निरीक्षक जनकसिंह धामीले बताउनुभयो । 

गएको १५ दिनयता सीमा नाकाबाट घर फर्किनेको लर्को लागेको उहाँले बताउनुभयो । करीब ६ महीनाअघि भारतको पिथौरगाढ कामका लागि पुग्नुभएका बझाङको बित्थडचीर गाउँपालिका सुनकुडाका परमानन्द जोशी दशैँका लागि घर फर्किनुभएको छ । 

गाउँघरमा दशैँको बेला मठमन्दिरमा पूजाआजा हुने गरेको र गाउँका सबै मानिससँग भेटघाट पनि हुने गरेकाले आफू घर फर्केको उहाँले बताउनुभयो । सीमापारी भारतीय बजारबाट नेपाली बजारमा सामग्री ढुवानी गर्ने कामदार पनि दशैँका लागि घर फर्केका छन् । 

यसैबीच सीमा नाकाबाट घर फर्किने नागरिकलाई सजिलो होस भनेर झुलाघाटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहायता कक्ष स्थापना गरेका छन् । नेपाल प्रहरीले स्वास्थ्यकर्मीसहितको सहायता कक्ष स्थापना गरेको छ भने सशस्त्र प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । 

सीमाबाट फर्किने नेपालीलाई दशैँको बेला दुःख नहोस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताउनुभयो ।

सीमा नाकाबाट घर फर्किने नागरिकलाई सजिलो होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले बताउनुभयो । यात्रु सहायता कक्षका कारण सजिलो भएको घर फर्किने नागरिकले महसुस गरेका छन् । 

अन्य समयको भन्दा यात्रु सहायता कक्षले नागरिकलाई सजिलो भएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेश शाहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले