२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अनुगमनका क्रममा कुहिएको मासु नष्ट

२०७६, १७ आश्विन शुक्रबार ०८:५३

असोज १७, भक्तपुर | भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ । आज नगरपालिकाका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलविनायक, व्यासी र भुलाछें लगायतका क्षेत्रमा भएको मासु पसल अनुगमनमा अधिकांश मासु पसल सुधार गर्नुपर्ने र न्यूनतम मापदण्डसमेत नपुर्याई सञ्चालन गरेको पाइएको छ । 

अनुगमनमा हरिकृष्ण खड्गीले राँगाको मासु पसल पटक पटक गरेको  अनुगमनमा पसल दर्ता गर्न दिएको निर्देशन अटेर गरेको, फ्रिजमा कुहिएको र बिग्रेको मासु राखिराखेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो । टोलीले उक्त पसलबाट कुहिएको र सडेको मासु नष्ट गरेको, फ्रिज सफा गर्न, पसल सरसफाइ गरी व्यवस्थित गर्न, मासु धुलो र झिँगा नभन्किने गरी जालीले छोपेर राख्न, बासी र बिग्रेको मासु नबेच्न, एप्रोन सेतो अनिवार्य प्रयोग गर्न निर्देशन दिएको छ । 

त्यस्तै जयकाली मिट शप पसलले नवीकरण नगरेको, मासु काट्ने औजार खिया लागेको, पसल फोहर भएका, एप्रोन प्रयोग नगरेको, कुहिएको र बिग्रिएको बासी मासु बिक्रीमा राखेको पाइएपछि कुहिएको चार किलो मासु जफत गरी नष्ट गरिएको छ । त्यसैगरी महाकाली मिट शप पसलले नवीकरण नगरेको, फ्रिजमा भेज र मासु छुट्टाछुट्टै नराखेको, एप्रोन, हेयरनेट, माक्स र पञ्जा प्रयोग नगरेको, बधस्थलमा फोहर र दुगन्र्धित भएको पाइएको छ । 

यता लक्ष्मीदास शाहीको राँगोको मासु पसल दर्ता नगरेको, मासु कपडा भिजाएर छोपेको, सडक पेटी र बाटोमा टेबुल राखेर मासु बेचबिखन गरेको, भुइँ भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल नराखेको पाइएको छ । न्यू चिकेन स्टोरमा सरसफाइमा ध्यान नदिएको र एप्रोन सेतो प्र्रयोग नगरेको तथा पी.एस.मिट शप पसल नवीकरण नगरेको पाइएको छ । 

त्यस्तै क्वालिटी कोल्ड स्टोर मःमः को पाकेजिङमा उत्पादन मिति नभएको, मासुको किमा लगायतमा लेबल राखेर मात्र बेचबिखन गर्न निर्देशन दिइएको छ । न्यू महालक्ष्मी कोल्ड स्टोरमा पसलमा सामानहरु दाना, जेनेरेटरलगायत अन्य सामानहरु जथाभावी राखेर व्यवस्थापन नगरेको, कमलविनायक मिट शपमा दर्ता प्रमाणपत्र पसलमा नराखेको, सामानहरु जथाभावी राख्दै, फोहर र एप्रोन सेतो प्रयोग नगरेको पाइएको छ । 

त्यस्तै विकास मिट एप्रोन प्रयोग नगरेको, सुरेन्द्र मिट हाउसमा मासु सफा गर्ने पानी एकदम दूषित भएको, सराज मिट शप दर्ता नवीकरण नगरेको,  मूलढोका ब्रोइलर हाउस दुई वर्षदेखि पसल नवीकरण नगरेको, मूल्यसूची नराखेको निरीक्षक प्रजापतिले बताउनुभयो । अनुगमनमा समितिका सदस्यसचिव दिलीपकुमार सुवाल, भनपा स्यानिटेशन उपशाखाका व.नि. रामकृष्ण प्रजापति, पशु सेवा शाखाका लालमती लामा, राष्ट्रिय उपभोक्ता मञ्चबाट मनोज थापा, उद्योग वाणिज्य सङ्घका सञ्जय जोन्छे, महानगरीय प्रहरी परिसरका राजबहादुर डगौरा र नगरपालिकाका कर उपशाखाका न्हुज किजूको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट