२०८३, २८ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको दोगडाकेदार गाउँपालिकाद्वारा पूर्वशिक्षा सचिव गिरी सम्मानित

२०७६, २४ आश्विन शुक्रबार १६:४३

असोज २४, बैतडी | दोगडाकेदार गाउँपालिकाले पूर्वशिक्षा सचिव जयराम गिरीलाई सम्मानित गरेको छ । नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै पूर्वसचिव गिरीलाई उहाँको गृह जिल्लामा दोसल्ला ओढाइ कदरपत्रसहित सम्मानित गरिएको हो । 

दोगडाकेदार गाउँपालिका शिक्षा शाखाले सनातन धर्म मावि श्रीकोटमा आज गाउँपालिकास्तरीय प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षका लागि आयोजना गरेको ‘वर्तमान शिक्षा प्रणाली र स्थानीय तहको भूमिका’ विषयक अन्तक्र्रियामा पूर्व सचिव गिरीले स्थानीय तहले पाठ्यक्रम निर्माण गर्दा स्थानीय कला, संस्कृति, वेषभूषालगायतलाई समेट्नुपर्नेमा जोड दिनुभयो । न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजन गरी शिक्षाको गुणस्तर सुधार गर्न सकिने उहाँको भनाइ थियो । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चक्र कार्की, शिक्षा शाखा संयोजक भरतसिंह महरा, रौलेश्वर मावि मल्लाढीकका प्रधानाध्यापक दलबहादुर कार्कीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । उक्त कार्यक्रममा ६१ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकको सहभागिता रहेको दोगडाकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि नाथले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ