काभ्रेमा दुर्घटना: दुई जनाको मृत्यु, १५ घाइते

साझासवाल

<p>असोज २४,&nbsp; काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् ।&nbsp;<br></p><p>महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । मोक्तान र बोम्जनको घटनास्थलमै मुत्यु भएको हो ।&nbsp;</p><p>दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।&nbsp;</p>

Leave a Comment

Leave a Reply