२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा नेकपाले उम्मेदवारको टुङ्गो लगायो

८ कार्तिक २०७६, शुक्रबार ०२:४६

कात्तिक ८, बैतडी | अगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैतडीको दोगडाकेदार–४ मा उम्मेदवारको टुङ्गो लगाएको छ । नरेन्द्रप्रसाद भट्टलाई दोगडाकेदार गाउँपालिका–४ मा वडाध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत छनोट गरेको नेकपा बैतडीका जिल्ला कमिटी सदस्य नरेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । 

पीपलकोटमा सम्पन्न नेकपा दोगडाकेदार गाउँपालिका कमिटीको बैठकबाट भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको उहाँले बताउनुभयो । छनोट भएका उम्मेदवार नेकपा दोगडाकेदार–४ का प्रस्तावित वडा कमिटी अध्यक्ष हुन् । उनी यसअघि पूर्वएमाले रहेका थिए । 

यस्तै बैठकले यही कात्तिक २० गते पीपलकोटमा चुनावी आमसभाको आयोजना गर्नेसमेत निर्णय गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो । वडाध्यक्ष रिक्त रहेका बैतडीका ३ वडामा आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ ।

दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा उपनिर्वाचन हुन लागेको हो । अन्य वडाहरुमा कुनै पनि पार्टीले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । उम्मेदवार छनोटका लागि विभिन्न पार्टीले आन्तरिक तयारी गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलमा विराटनगर किंग्सले र पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै संघीय संसद अन्तरगत तीन समितिको बैठक बस्दै जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृ-त्यु, २ घाइते पोखराविरुद्ध टस जितेर सुरुमा ब्याटिङ गर्दै विराटनगर रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै यस्तो रहने छ आजको मौसम ! एनपिएलमा आज पनि दुई खेल हुदैँ, पहिलो खेलमा विराटनगर र पोखराबीच हुँदै निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै म प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थाल्याे: प्रधानमन्त्री ओली लुम्बिनीलाई १८ रनले हराउदै काठमाडौँको दोस्रो जित, प्लेअफबाट बाहिरियो लुम्बिनी लुम्बिनीलाई जितका लागि १८ बलमा २९ रन आवश्यक लुम्बिनीको सातौं विकेट पतन लुम्बिनीको चौथो विकेट पतन, ८ रन बनाएर आउट भए रोहित पौडेल रवि लामिछानेविरुद्ध पाँचवटै सहकारी प्रकरणमा मुद्दा दर्ता तयारी, अदालतको आदेशपछि थुनामुक्त हुन सक्ने काठमाडौंबिरुद्ध लुम्बिनीको खराब सुरुवात, पावर प्लेमा तेस्रो विकेट गुमाएर बनायो मात्र १६ रन आज पनि रास्वपाको प्रदर्शन,पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन काठमाडौंले लुम्बिनीलाई दियो १०४ रनको लक्ष्य