<p>कात्तिक १३, काभ्रे | अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा आज अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । <br></p><p>बा३ख ८०३४ नंको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही महीनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो । </p><p>आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे छानबिन शुरु गरिएको इप्रका बनेपा प्रनि भट्टराईले बताउनुभयो ।</p>
रोकिराखेको बसमा आगजनी
Leave a Comment

