2026-09-13 10:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा निर्वाचन अधिकृत तोकिए

कात्तिक १४, बैतडी | आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि बैतडीमा पनि निर्वाचनको माहोल तातेको छ । विभिन्न राजनीतिक दलहरुले आफ्ना उम्मेदवारको टुङ्गो लगाउँदै छन् भने जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो आन्तरिक तयारी थालेको छ । 

निर्वाचन आयोगले बैतडीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसमेत तोकेको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको छ । यसका साथै टेकबहादुर थापा र टेकराज जोशी निर्वाचन अधिकृत नियुक्त गरिएको बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत रहनुभएका भण्डारीलाई सुर्नयामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो भने दोगडाकेदारमा टेकबहादुर थापा र पुर्चौडीमा टेकराज जोशीलाई निर्वाचन अधिकृत तोकिएको हो । 

बैतडीको दोगडाकेदार गाउँपालिका–४, पुर्चौडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ का उपनिर्वाचन हुँदैछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएसँगै कात्तिक २० गते सम्बन्धित स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनसम्बन्धी गतिविधि अगाडि बढाउने भएका छन् । 

यसैबीच उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले तीनवटै वडामा आफ्ना उम्मेदवार छनोट गरिसकेको छ भने नेपाली काङ्ग्रेसले दोगडाकेदार–४ मा मात्रै आफ्ना उम्मेदवार सिफारिस गरेको छ । यसका साथै अन्य साना दलले पनि उम्मेदवार छनोटका लागि आन्तरिक तयारी गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन