<p>कात्तिक १६, सप्तरी | घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् । चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् । <br></p><p>घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि खोजतलास थालिएको उनका पति इनुस मियाँले बताउनुभयो । इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोलीले महुली खोलाको पश्चिम कुलोमा उनलाई मृत भेटाएको हो । </p><p>घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो । शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । </p>
चार दिनदेखि बेपत्ता खातुन मृत भेटिइन्
Leave a Comment

