Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 23, 2019 बैतडी - BTD, समाज

सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर ७, बैतडी | बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवविहीन छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।&nbsp;<br></p><p>सचिवविहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिनुभयो । साविकको छ गाविसका छ वटा प्राविधिक सहायकलाई नौ वटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीन जनाले दुई वडा र अन्य तीन जनाले एक एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीको भनाइ थियो । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीविहीन भएका हुन् ।</p><p>वडा कार्यालयमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले बताउनुभयो । गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी छन् । रासस</p>