बैतडीमा काङ्ग्रेस वडाध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश

साझासवाल
1 Min Read

<p>&nbsp;मङ्सिर ११, बैतडी । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।&nbsp;</p><p>पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिनुभयो । </p><p>उनीहरुलाई&nbsp; नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गर्नुभएको थियो । चुनावीसभामा नेकपाका केन्द्रीय सदस्य नरेन्द्र कुँवर, सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, परमानन्द भट्टलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply