Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पाँचखालमा सशस्त्र प्रहरीको सुरक्षा

२०७६, १८ मंसिर बुधबार ०५:०१

मङ्सिर १८, काभ्रेपलाञ्चोक । पछिल्लो समयमा पाँचखाल नगरमा चोरीका घटना बढ्दै गएपछि सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । पाँचखालस्थित सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टरले पाँचखाल नगरमा रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएको हो । 

पाँचखालको प्रमुख व्यापारिक केन्द्र तामाघाट बजारमा चोरीका घटना बढ्दै गएपछि पाँचखाल उद्योग वाणिज्य सङ्घले नगरपालिकासँग स्थानीय सुरक्षाको माग गरेपछि सशस्त्र प्रहरीसँग समन्वय गरी रातको समयमा दुई पटक गस्ती गर्ने व्यवस्था गरेको हो । “नगरले बजार क्षेत्रमा सुरक्षा–गस्तीको माग गरेकाले सोहीअनुसार दैनिक रातको समयमा दुईपटक गस्तीको व्यवस्था मिलाएका छौँ”, सशस्त्र प्रहरी बल १५ नं हेडक्वार्टर प्रमुख प्रहरी उपरीक्षक पुरुषोत्तम थापाले भन्नुभयो । उहाँका अनुसार पाँचखालको सुरक्षाका लागि १० देखि १२ जनासम्मको सशस्त्र प्रहरीको टोलीले दैनिक गस्ती गर्नेछ । 

पाँचखालमा सुरक्षा चुनौती थपिएपछि सशस्त्र प्रहरीको सहयोग मागिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । “पाँचखालमा जनपद प्रहरीको सङ्ख्या न्यून भएकाले रातको समयमा सशस्त्र प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको हो”, खरेलले भन्नुभयो । उहाँले पाँचखालमा रहेको दमकल पनि सशस्त्र प्रहरीको सुरक्षामा राखिएको र उनीहरुकै जनशक्तिद्वारा आगलागी जस्ता दैवीप्रकोपमा सञ्चालन गरिने बताउनुभयो । पाँचखालको सुरक्षा थप मजबुत बनाउन हाल १० स्थानमा सिसी क्यामेरा राखिएको र थप सातवटा क्यामेरा थपिने ४ नं वडाध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयो । 

यसैबीच, कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकल खरिदका लागि छुट्याइएको बजेटमध्ये रु ५० लाख ५० हजारमा खरिद गरिएको दमकल सञ्चालनका लागि मङ्गलबारदेखि सशस्त्र प्रहरीलाई दुईदिने तालीमको आयोजना गरिएको छ । युकेस्थित डेभोन एन्ड सोमर्सेट फायर एन्ड रेस्क्युद्वारा सञ्चालित तालीममा सशस्त्र प्रहरीका २४ जनालाई विशेष तालीम दिइएको हो । 

तालीमका अवसरमा वारुण नियन्त्रणका क्रममा आवश्यक पर्ने थप उपकरण, लाइफ ज्याकेट तथा वारुण नियन्त्रक पोसाक रोटरी क्लब अफ दरबारमार्गले उपलब्ध गराएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली