Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 10, 2019 पर्सा - PRS, समाज

वीरगञ्जमा कोठा भित्र आमा–छोरीको शव फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर २४, पर्सा |</b> वीरगञ्जमा आमा–छोरीको शव फेला परेको छ |&nbsp; वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलमा सडेको अवस्थामा आमा–छोरीको शव फेला परेको हो | बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका छन् |<br></p><p>उनी मोहन झाको घरमा डेरा गरेर बस्दै आएका छन् | घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले वडा प्रहरी कार्यालय श्रीपुरमा जानकारी गराएका थिए | प्रहरीले ताल्चा फुटाएर हेर्दा कुहिएको अवस्थामा शव फेला परेको थियो | प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको छ |</p><p>घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ |</p>