<p>मङ्सिर २४, काठमाडौं । सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् । <br></p><p>काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा उनीहरुलाई घुसको रकम लिँदालिँदै करिब २० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । </p><p>उनीहरुलाई सेवाग्राहीसँग रनिङ बिल भुक्तानी गरिदिएवापत २० लाख घुस लिँदालिँदै पक्राउ परेका हु न्। पक्राउ परेका इन्जिनियरमाथि अनुसन्धान सुरु गरिएको छ । </p>
प्युठानका सडक कार्यालय दुई इन्जिनियर २० लाख घुससहित पक्राउ
Leave a Comment

