२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

एघार महिनामा २० हत्या

२०७६, २५ मंसिर बुधबार ०२:०७

मङ्सिर २५, सप्तरी | जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन् । हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मङ्गलबार राजविराजमा भएको अन्तक्र्रिया कार्यक्रमको आधारपत्रमार्फत उक्त कुरा सार्वजनिक गरिएको छ ।

आधारपत्र प्रस्तुत गर्नुहुँदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले जिल्लामा ११ महिनाको अवधिमा भएका २० हत्या घटनामा नौ घटनाका अभियुक्त पत्ता नलागेका र पक्राउ नपरेको अवस्थाले गम्भीर बनाएको बताउनुभयो । राज्यबाट एकसहित छोरा, बुबाआमा, पति, देवर, ससुरा अज्ञात र अन्यबाट भएको हत्या, गोली प्रहार, बम विष्फोट, अपहरण, बालिका बलात्कार, बहुविवाह र घरेलु हिंसाका घटनामा वृद्धि भएको जानकारी दिनुहुँदै पोखरेलले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक तुल्याउन सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटाले गरीबी, निम्न तहको सामाजिक स्तर, शिक्षाको अभाव, चेतनाको कमी, बालविवाह, बहुविवाह, दाइजो, कथित बोक्सी प्रथाले हिंसालाई बढावा दिइरहेको उल्लेख गर्दै घरेलु हिंसाकै कारण पछिल्लो समय आत्महत्याको घटनासमेत वृद्धि भएका बताउनुभयो ।

कतिपय परम्परागत संस्कृति र हानिकारक सामाजिक मान्यताले महिलाविरुद्धको हिंसा बढ्दो अवस्थामा रहेकाले नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले महिलामाथि भइरहेको हिंसामा नजिकका नातेदारदेखि छिमेकी, साथी तथा महिलाकै पनि संलग्नता बढी देखिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले मानवअधिकार उल्लङ्घन बढ्दा गम्भीर बनाएको उल्लेख गर्दै अपराध नियन्त्रण एवं अनुसन्धानमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

घरेलु हिंसा र अपराधको प्रमुख कारक बनेको मादक पदार्थ र लागुऔषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै प्रहरी उपरीक्षक प्रसाईँले फौजदारी अपराधका ८३६ सहित साढे तीन हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा