2026-09-13 01:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान

मंसिर २६, बैतडी | बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ। गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा आठौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थीले उक्त अनुसन्धान गरेको हो। स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धानअन्तर्गत महेश बुढामगर, सुशान्त चौधरी, वीरेन्द्र चौधरी, करुणा सापकोटा र लक्ष्मी भण्डारीको टोलीको टिलापिया जातको एकलिङगीय माछामा अनुसन्धान गरेका हुन्। 

सय दिन लगाएर गरिएको अनुसन्धानले टिलापिया जातको माछा उत्पादनका लागि बैतडी जिल्ला उपयुुक्त रहेको देखिएको अनुसन्धानमा सहभागी महेश बुढामगर बताए। उक्त माछाको उत्पादनका लागि पानीको तापक्रम करिब २५ देखि ३० डिग्री सेल्सियसको उपयुक्त हुने अनुसन्धानबाट देखिएको उनले बताए।

यो जातको माछाको माग उच्च रहेको बताइएको छ। विशेषत टिलापिया माछामा काडा नहुने भएको हुँदा वृद्ध, बच्चा जसले पनि सजिलै खान सक्ने हुँदा यसको माग उच्च हुने गरेको छ। स्थानीय बजारमा यो जातको माछा प्रतिकिलो रु ५०० बिक्री भइरहेको छ। नदी, खोलानालाका माछा मारेर खाने चलन बनाएका स्थानीय किसान हाम्रो यो सानो प्रयासले गर्दा माछापालनप्रति आकर्षित भएका छन् र माछापालनबाट पनि जीवनोस्तर उकास्न सकिन्छ भन्ने कुरा सिकेका छन्। एकलिङ्गीय टिलपिया माछाको वृद्धिदर अरुभन्दा चाँडो हुने सङ्केत देखिएको छ। 

द्विलिङ्गीय हुँदा पोखरीमै प्रजनन गर्ने गर्दछन् जसले गर्दा उनीहरुको सामर्थ प्रजनन हुँदा अधिकतम मात्रामा प्रयोग हुने गर्दछ। तर एकलिङ्गीय माछाको कुनै सामर्थ अनावश्यक खेर नजाने र शरिर वृद्धिमै प्रयोग हुने गरेको अनुसन्धानले देखाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन