2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय नागरिकको हत्या अभियोगमा सात नेपाली पक्राउ

पुष २५, सिन्धुपाल्चोक | एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्षीय राजन साह, ३५ वर्षीय अशोक साह, २५ वर्षीय विनोद पासवान र रुपन्देही तिलोत्तमा नपा–१२ का ३६ वर्षीय सन्तोष थापामगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

फटकशीलाबाट यही पुस १७ गते छ र प्रेम यादवलाई पर्सा प्रहरीको सहयोगमा यही पुस २२ गते वीरगञ्जबाट पक्राउ गरिएको हो । हत्याका मुख्य अभियुक्त ठेकेदार समिर मियाँ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ । इन्द्रावती गाउँपालिका–५ लामाटोलका पूर्णबहादुर तामाङको घरमा ठेकेदार मियाँको टोलीले यही पुस ६ गते ढलान कार्य सकेपछि उनीहरु सबैले मादक पदार्थ सेवन गरेका र राति ११ बजे ना७त २०९५ नंको ट्र्याक्टर चढेर मेलम्ची बजार झरेका थिए । 

बाटोमा विवाद परेपछि मुखियालाई कुटपिट गरी हत्या गरेका थिए । ठेकेदारकै मिलेमतोमा मेलम्ची नगरपालिका–१० फटकशीलाको चप्लेटा पाखा बगरमा शव फालेका थिए । उक्त ठाउँ आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । हत्याको नौ दिनपछि पुस १६ गते प्रहरीले शव बरामद गरेको थियो । हत्या भएको आशङ्कामा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई