2026-07-25 09:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

शहिद दशरथको जन्मघर अब पाहुना घर,निशुल्क बास बस्न मिल्ने

माघ १६, बैतडी | शहिद चन्दको जन्म घरलाई पाहुना घर बनाइएको छ | बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटमा रहेको जीर्ण घरलाई सहिद दशरथ चन्द स्मृति प्रतिष्ठानले राष्ट्रिय प्रतिभा स्मारक कोष र दशरथचन्द नगरपालिकाको सहयोगमा मर्मतसम्भार गरेर बस्नयोग्य बनाएको हो |

घर ओरिपरी सरसफाई पारेर आगन फराकिलो र घरबाहिर दशरथको सालिक निर्माण गरिएको छ | घर जाने बाटोमा प्रवेशद्वार ,दशरथ जन्मिएको घरमा निःशुल्क बास बस्न मिल्ने व्यवस्था मिलाइएको प्रतिष्ठानले जनाएको छ |

 प्रतिष्ठानका उपाध्यक्ष विनोदबहादुर चन्दका अनुसार २० लाखभन्दा बढी रकम खर्च गरेर उक्त घर निर्माण गरिएको छ | ‘बजेट अभावले अझै राम्रो व्यवस्थापन गर्न सकिएको छैन, केही काम गर्न बाँकी छ,’ उनले भने

नगरपालिकाले बजेट उपलब्ध गराएको थियो |

प्रतिष्ठानकै अग्रसरतामा सहिदको स्मृतिमा बैतडीमा विभिन्न काम हुँदै आएको छ | राजमार्गमा दशरथचन्द स्मृति प्रतीक्षालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए | दशरथको ‘उपनाम’ सुशील नामकरण गरेर स्मारिका प्रकाशन गर्न लागिएको उनले बताए |

सरोकारवाला निकायले दशरथ चन्दको ऐतिहासिक महत्त्व जोगाउन खासै चासो नदिएको प्रतिष्ठानका सदस्यहरू बताउँछन् | तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते काठमाडौंको शोभा भगवतीमा दशरथलाई गोली हानेर मृत्युदण्ड दिएका थिए |

उनको जन्मघर भतिजाहरू भीमबहादुर र रामबहादुर चन्दको नाममा थियो | ०५१ सालमा सहिद दशरथ चन्द स्मृति प्रतिष्ठान गठन गरेर चन्द परिवारले घरजग्गा प्रतिष्ठानका नाममा गरिदिएका हुन् |- यो समाचार आजको कान्तिपुर दैनिकमा तृप्ति शाहीले लेखेकिछिन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक