पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २२, पर्सा | </b>आफ्नै बुबाले १६ बर्षिय छोरीलाई बलात्कार गरेका छन् | पर्साको पोखरियामा छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको छ | जिल्लाको पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय पुरुषलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए |<br></p><p>पिडित किशोरीका अनुसार शुक्रबारदेखि आफ्नै घरभित्र धम्की देखाएर बलात्कार गरेको हो | पीडितको मौखिक उजुरीपछि उनका बाबुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ | ती पुरुष पहिले पनि विभिन्न अपराधिक गतिविधिमा जोडिने गरेको स्थानीयले बताएका छन् | घर नजिकै गाउँमा एक व्यक्तिको मृत्यु भएपछि हेर्न जाने बहानामा किशोरी घरबाट फुत्किएर इलाका प्रहरी कार्यालय पोखरिया पुगेर प्रहरीलाई जानकारी दिएको खुलासा भएको छ |</p><p>उजुरीलगत्तै प्रहरीले अभियुक्त र उनकी श्रीमती निगरानीमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ | किशोरीको स्वास्थ्य परीक्षण गराउने काम भइरहेको छ। रिपोर्टका आधारमा थप प्रकृया अगाडि बढ्ने प्रहरीले जनाएको छ |</p>

