Skip to content
Friday, July 17, 2026 Nepali Online Media

डिलाशैनी गाउँपालिकाको एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक धरौटीमा छुटे

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन १८, बैतडी | </b>सुदूरपश्चिम सरकारले वितरण गरेको बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउँदै आएको एम्बुलेन्समा चित्तल तस्करी गर्ने चालक धरौटीमा रिहा भएका छन् |<br></p><p>गत माघ २६ गते ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसमा चित्तल तस्करी गरेका चालक महेशबहादुर बोहरा २० दिनपछि ५० हजार धरौटीमा रिहा भएका हुन् | उनलाई ५० हजार धरौटी लिएर तारेखमा छोडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी दिपेन्द्र शाहीले बताएका छन् |</p><p>कञ्चनपुरको महेन्द्रनगरबाट फर्केर गाउँपालिकाको केन्द्र पंसेरा जाने क्रममा मृत चित्तल तस्करी गरिरहेको अवस्थामा चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएको थियो |</p>