Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडी जिप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार(अपडेट)

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २५, बैतडी | बैतडीको पाटन नगरपालिका– ६ मा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ | दुर्घटनामा परि गम्भीर घाइते हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका- ४ का ४१ वर्षीय प्रेमबल्लब जोशी र ३८ वर्षीय हरकसिंह बडाल रहेका छन |

डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि दुवै जनालाई नेपाली  सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि कोहलपुर लगिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए | आइतबार बिहान बैतडीको पाटन जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा ६ जना घाइते भएका थिए। दुर्घटनामा घाइते भएका दुहु–४ का २३ वर्षीय सुरेन्द्र बम, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीय द्रोपती जोशीको डडेल्धुरा अस्पतालमा उपचार भइरेको जनाइएको छ |

दुर्घटनामा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय जिप चालक धनसिंह बडालको मृत्यु भएको हो।  धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट(१२५७) सुप ००१ ज १२५७ नम्बरको जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका–६ मा दुर्घटनामा परेको थियो जिप सडकबाट २५० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण खुलेको छैन |

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले पहलमा उनीहरुको उद्धर गरिएको जनाइएको छ ।