2026-11-02 05:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कोरोना भाइरसः बैतडीमा हिलोपटक आइसोलेसन कक्ष स्थापना,यस्तो छ अवस्था

फागुन २८, बैतडी | बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थपना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले जानकारी दिए |

अस्पताल परिसरभित्रै स्थापना गरिएको सो कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिंगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको छ । ‘शंकास्पद बिरामीको खकार र सिगानको नमूना पठाउने माध्यम पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ’, उनले भने, ‘कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारी स्वरुप जिल्ला अस्पतालमा सो कक्ष स्थापना गरिएको हो’, यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो । बैतडी भारतसँग सीमा जोडिएको जिल्ला भएकाले उच्च सतर्कता अपनाइएको जनाइएको छ ।

भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा केही दिन अघिदेखि स्वास्थ्य सहायता कक्ष स्थापना गरेर त्यहाँबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्ने कार्य नियमित रुपमा भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा सीमा नाकामा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । सो कक्षबाट अहिले सम्म ४५० बढी नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको छ । 

नाका खुलेदेखि बन्द हुँदासम्म स्वास्थ्य सहायता कक्षमा स्वास्थ्यकर्मीले नेपाल फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।

नगरप्रमुखद्वारा हेल्प डेस्क अनुगमन

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा सञ्चालनमा ल्याइएको स्वास्थ्य सहायता कक्षको अनुगमन गरिएको छ । दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्रसिंह थापा लगायतको टोली सहायता कक्षबाट प्रदान भइरहेका सेवाको अनुगमन गरेका हुन् ।

दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा फागुन १० गते मात्रै झुलाघाटमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको थियो । नाका खुलेदेखि बन्द हुँदासम्म स्वास्थ्यकर्मीहरुले सहायता कक्षमा सेवा दिने हिसाबले खटाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।

सीमा नाकाको स्वास्थ्य कक्षलाई प्रभावकारी बनाउन नगरपालिकाको स्वास्थ्य शाखामार्फत स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको र नाकामा आवतजावत हुने बेलासम्म स्वास्थ्यकर्मीले सेवा दिने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख थापाले बताए ।

नाकामा स्थापना गरिएको सहायता कक्षमा इन्फ्रारेड थर्मोमिटरको सहयताले भारतबाट फर्किने नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए ।

४३० को स्वास्थ्य परीक्षण

स्वास्थ्य सहायता कक्षमार्फत अहिलेसम्म ४३० जनाको स्वास्थ्य परीक्षण गरिसकिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिए । झुलाघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउन पहल भइरहेको उनले बताए । उनले भने, ‘भारतबाट नेपाल फर्किने नागरिकलाई पनि अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्रै नेपाल भित्रिने गरेका छन् ।’  

विश्वभर कोरोनाको जोखिम बढिरहेकाले पूर्वतयारी स्वरुप सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेको नगरपालिकाले जनाएको छ । सहायता कक्षमा ज्वरो मापनका साथै दुई हप्ता अघिसम्म चीन गए नगएको बारेमा सोधपुछ गर्ने, रुघाखोकी लागे नलागेको बारेमा सहायता कक्षमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । अत्याधिक ज्वरो आएको र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा स्थापना गरिएको आइसोलोसन कक्षमा पठाइने भएको छ तर हालसम्म कुनै पनि नागरिकमा  संक्रमण भेटिएको छैन ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द