2026-06-24 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका यी पाँच नाका बन्द,हेल्थ डेस्कमा उपकरण नै छैनन्

2020-03-13

फागुन ३०, बैतडी | कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन्। पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन्। 

डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए। बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ। भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए |

जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क) सञ्चालनमा तयारी गरिएको छ। मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ।  तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको  हो। 

झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन्। डुङ्गाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण्सिंह साउँदले जानकारी दिए। जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण्सिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्ट लगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो। 

हेल्थ डेस्कमा उपकरण अभाव 

तल्लोस्वराडका घाटमा कक्ष स्थापना गर्ने निर्णय भए पनि तत्काल उपकरणको भने अभाव भएको छ। सो कक्षमा आवश्यकपर्ने उपकरण अभाव हुँदा सहायता कक्षमा स्वास्थ्य परीक्षणको काम नहुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए।

ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मो्मिटरलगायतका उपकरण नहुँदा सहायता कक्षमा जाँजको काम हँुदैन उनले भने, “ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मो्मिटरलगायतका उपकरण पुग्न एक हप्ता लाग्छ।” तत्कालका लागि स्वास्थ्यकर्मीले हेल्थ डेस्कबाट परामर्श सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना 

शङ्कास्पद लक्षण भएका बिरामीका  लागि जिल्ला अस्पतालमा तीन श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ। सो  कक्षमा शङ्कास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा वसन्तराज जोशीले जानकारी दिए।

“शङ्कास्पद बिरामीको खकार र सिँगानको नमूना पठाउने माध्यम प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छ”, उनले भने, “कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारीस्वरुप जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको हो।” यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो। 

कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले भीडभाड नगर्न, भेला नहुन, विभिन्न उत्सव महोत्सव नमनाउन आग्रह गरेको छ।  प्रशासन र नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमको बहानामा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कारवाही गरिने जनाइएको छ भने भाइरसको सम्भावित सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयलाई जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ। सङ्क्रमणबाट बच्नका लागि मास्क लगाउन, साबुन पानीले राम्ररी हात धुन, हात नमिलाउन आग्रह गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे