2026-09-12 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा क्यान्सर अस्पताललाई आइसोलेशन कक्षका रुपमा प्रयोग गरिने

चैत १२, बाँके | बाँकेमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खजुरास्थित क्यान्सर अस्पताललाई पनि आइसोलेशनका रुपमा प्रयोग गरिने भएको छ । 

स्थानीयस्तरबाट नेपालगञ्जस्थित भेरी अस्पताल, लायन्स डेण्टल अस्पताल र नेपालगञ्ज शिक्षण अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएकोमा प्रदेश ५ सरकारको निर्देशनमा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई पनि आइसोलेशन बनाउने प्रक्रिया अघि बढेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार, प्रदेश नं. ५ सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी नेतृत्वको टोलीले मङ्गलवार अस्पतालको अवलोकन तथा बैठक गरी कोरोना भाइरस सङ्क्रमितहरुको उपचारका लागि आइसोलेशन अस्पतालको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नेगरि विभिन्न निर्णय भएपछि क्यान्सर अस्पताललाई पनि अव आइसोलेशनको रुपमा प्रयोग गर्न सकिने भएको छ । 

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा व्यवस्था मिलाउने गरि भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति समेत गठन गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि बाँके जिल्लामा रहेका सरकारी, निजी तथा मेडिकल कलेज, नेपाली सेना र प्रहरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका साथै थप आवश्यक भए करार सेवा लिन छोटो प्रक्रिया अपनाएर खटाउनका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा ८ सदस्यीय उपसमिति समेत गठन गरिएको बताउनुभयो । 

कोरोना भाइरस सङ्क्रमित विरामीलाई उपचारको लागि लायन्स डेण्टल अस्पतालमा ४०, भेरी अस्पतालमा ६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा करिब ५ शैय्याको आइसोलेशन कक्ष तयारी अवस्थामा छ । यस्तै महेन्द्र बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरिएको छ ।

बाकेमा सङ्क्रमण फैलिन नदिन शङ्कास्पद विरामीको लागि क्वारेन्टाइन, आइसोलेशन चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, भेरी अस्पताल र लायन्स डेण्टल अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइन सञ्चालनमा आइसकेको छ । महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको अस्थायी क्वारेन्टाइनका लागि चिकित्सक, स्वास्थ्यकर्मी लगायत आवश्यक सबै व्यवस्था मिलाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन