२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्थानीय तहमा बढ्दो सतर्कता

२०७६, १२ चैत्र बुधबार ११:१७

चैत १२, बैतडी | विश्वभर फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न बैतडीका स्थानीय तहले पनि सतर्कता अपनाएका छन् । सङ्क्रमणबाट बच्न जिल्ला बाहिर तथा अन्य देशबाट फर्किएका नागरिकलाई स्थापना गरिएका हेल्थ डेस्कमा जाँच गर्ने, सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्ने, माइकिङ गरेर सन्देश प्रवाह गर्नेलगायतका कार्य भइरहेका छन् । 

गाउँगाउँमा गएर वडा कार्यालयले जनचेतनामूलक कार्यक्रम गरिरहेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।  मेलौली नगरपालिकाले पनि घरदैलोमै गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहितको टोलीले घरदैलोमै गएर जनचेतना जगाउने कार्य गरिरहेको मेलौली नगरपालिका–५ का वडाध्यक्ष बलभद्र दयालले बताउनुभयो ।  

दशरथचन्द नगरपालिकाले पनि वडास्तरबाटै जनचेतनामूलक कार्यक्रम अगाडि बढाएको उपप्रमुख मीना चन्दको भनाइ छ । वडा नं २ का वडाध्यक्ष रनबहादुर बोहराका अनुसार घरदैलोमै गएर सचेतनाका कार्यक्रम सञ्चालन भइरहेका छन् । वडाका सम्पूर्ण जनप्रतिनिधिको टोली घरदैलोमै पुगेर सचेतना फैलाउनाका साथै प्रतिपरिवार दुई वटाका दरले साबुनसमेत वितरण गरिएको छ । हात धुनका लागि उत्प्रेरणा मिलोस् भनेर साबुन वितरण गरिएको वडाध्यक्ष बोहराको भनाइ छ ।   

पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पुर्चौडी नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि कोरोना भाइरसविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएका छन् । यसका साथै जिल्ला प्रहरी कार्यालयले पनि माइकिङबाट सचेतनामूलक सन्देश प्रवाह गरिरहेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । 

निंग्लाशैनी भगवती मन्दिरमा पशुबली नहुने

बैतडीको देहिमाडौँमा रहेको प्रसिद्ध निंग्लाशैनी भगवती मन्दिरमा यो वर्षको चैतेदशैँमा पशुबलि नहुने भएको छ । यसअघि दशरथचन्द नगरपालिका—२ को कार्यालय र निंग्लाशैनी भगवती धार्मिक सेवा समितिको चैत ९ गते बसेको बैठकले घटस्थापनादेखि बलि चढाउन सकिने निर्णय गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रन सक्ने भन्दै भीडभाडका कार्यक्रम नगर्न आग्रह गरेकाले राँगाको बलि स्थगित गरिएको वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो । 

जल्लामा कोरोना भाइरस भित्रिन्न नदिन जिल्ला प्रशासन कार्यालयलेले मङ्गलबारदेखि चैत १८ गतेसम्म लकडाउनसमेत घोषणा गरिसकेको छ । साथै मेला पर्व नमनाउन आग्रह गरेको छ भने सीमा नाका पनि बन्द गरिएका छन् । यस्तै मेलौली भगवती मन्दिरमा पनि नवरात्रिको बेला हुने पूजाआजाको कार्यक्रम नहुने जनाइएको छ ।  

पाटनमा ३४ बेडका आइसोलेसन केन्द्र

बैतडीको पाटन नगरपालिकाले ३४ बेडका चार छुट्टाछुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको छ । पाटन नगरपालिका–६ मा रहेको विपद् व्यवस्थापन समितिको भवन, वडा नं ८ स्थित सिद्धदीप आधारभूत विद्यालय, वडा नं ४ भूमेश्वरमा रहेको भूमेश्वर माविमा १०÷१० श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएका  हुन् । 

यस्तै वडा नं। ३ को सिगास मावि गुरुडामा पनि चार श्ययाको आइसोलेसन केन्द्र निर्माण गरिएको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो ।  कोरोना सम्भावित लक्षण देखिएका बिरामीलाई निगरानीमा राखी तत्कालका लागि उपचार गर्न श्ययाको स्थापना गरिएको उहाँले बताउनुभयो । पाटन नगरपालिकाले यसअघि पाटन, खोडपे र अनारखोलीमा हेल्थ डेस्क स्थापना गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ