Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा विदेशबाट फर्केकाको लगत सङ्कलन गरिँदै

२०७६, १२ चैत्र बुधबार ११:४०

चैत १२, प्युठान | प्युठानका नौ वटै स्थानिय तहले देशभन्दा बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलन थालिएको छ । दुई नगरपालिका र  सात गाउँपालिकामा लगत सङ्कलन कार्य थालिएको हो । 

वडा कार्यालयमार्फत लगत सङ्कलनको कार्य गरिएको छ । आईतबार विपद् व्यवस्थापन समितिको बैठकले स्थानिय तहले लगत सङ्कलन गर्न स्थानिय तहका प्रमुखलाई आग्रह गरेसँगै स्थानीय तहले लगत सङ्कलन गर्न थालेको हो । प्युठान नगरपालिका वडा नं ९ र १० ले विदेशबाट आएका मानिसको खोजीकार्य थालेको छ । विदेशबाट मानिस दैनिकरूपमा आउन थालेपछि लगत सङ्कलन गर्न लागिएको वडा नम्बर ९ का अध्यक्ष नेहरसिंह केसीले जानकारी दिनुभयो । 

विदेशबाट फर्केकामा कोरोना भाइरस संक्रमण हुन सक्ने त्रास बढेपछि उनीहरूको लगत सङ्कलन गरी व्यवस्थापन गर्न थालिएको केसीको भनाइ छ । अहिलेसम्म वैदेशिक रोजगारीबाट आएका मध्ये २५ जनाको लगत तयार गरिएको स्वास्थ्य चौकी प्रमुख रन्जना केसीले बताउनुभयो । अझै आउने क्रम नरोकिएको र यसले गाउँमा बिकराल समस्या ल्याउन सक्ने भन्दै सबै सचेत रहनुपर्ने उहाँले बताउनुभयो । 

विदेशबाट फर्केकाको लगत सङ्कलन गरि घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको वडा सचिव धु्रव जिसीले जानकारी दिनुभयो । यससँगै जिल्लाका अन्य स्थानीय तहले पनि सोमबारदेखि लगत सङ्कलनको कार्य थालेका छन् । स्थानीय तहले कतार, दुबई र भारतलगायतका देशबाट फर्केका व्यक्तिलाई  घरमै क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।  विदेशबाट फर्किएकाहरू १४ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ । प्रत्येक वडा टोलमा स्वास्थ्यकर्मीसहितको टोलीले विदेशबाट फर्किएका व्यक्तिलाई भेटेर उनीहरूको अवस्थाबारे जानकारी दिने र आ–आफ्नो घरमा अरुसँग सम्पर्क नहुने गरी बस्न भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश