2026-07-03 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा अदालत प्रति जनआश्था बढ्दो

प्रेम सुनार | साउन–२. गुल्मी ।  केहि वर्ष अघि सम्म गाउँकै भद्रभलादमी नै आफ्नो अदालत ठान्थे सर्वसाधरणहरु । अदालत जानु भनेको पैसाको खोलो बगाउँदा बगाउँदा थाक्दै जितेर पनि हार्नु मान्थे । यसर्थ पनि त्यता जानुको साटो यतै गाउँमा ठिक ठानेर वलात्कार, हत्या जस्ता जघन्य अपराध समेत झ्यासमिस हुन्थे गाउँमैं ।

तर अहिले अवस्था त्यो छैन् ।  सुरुमा प्रहरी, प्रशासनको ढोका ढ्क्ढकाउने त्यहाँबाट पनि न्याय नपाए वा पाउन नमिल्ने अवस्था आए अदालतमा जाने क्रम बढ्दो छ । आज गुल्मी जिल्ला अदालतले  सार्वजानिक गरेको मुद्धा तर्फको ३ वर्षे तुलानात्मक विवरणलाई दृष्टिगतलाई ध्यानमा राख्दा अदालत प्रति जनआश्था बढ्दै गएको देखिएको छ ।

सामन्य प्रकृतिका मुद्धा जो समाज र प्रहरी प्रशासनकै सहजीकरणमा मिल्न सक्ने झैझगडा , साँध–सिमना, लेनदेन जस्ता मुद्धाहरु  पनि अदालत मै आउन थालेको पाईएको छ । अदालतले पत्रकार भेटघाट  गरी सार्वजानिक गरेको विवरण अुनुसार आर्थिक वर्ष २०७०÷०७१ मा ३  सय ६१ थान मुद्धा दर्ता भएका थिए । २०७१÷०७२ मा ३ सय ८४ थान परेका थिए भने यस आर्थिक वर्षमा बढेर ४ सय ९ थान पुगेका छन् ।

विगतका वर्षहरुको तुलनामा मुद्धा पर्छयौटमा हुने ढिला सुस्ती र झण्झटीलो पनि हड्दै गएको पाईएको छ । यस आर्थिक वर्षमा अघिल्लो वर्षबाट जिम्मेवारी सारिएका ८७ थान, नयाँ ३ सय २२ थान सहित कुल ४ सय ९ थान मध्ये ३ सय १३ थान अर्थात कुल मुद्धाको ७२.५२ प्रतिशत मुद्धा फर्छयौट भई सकेको जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले जनाकारी दिए  ।

९६ थानमा मात्र पर्छयौट गर्न बाँकी रहेको जानकारी दिदै उहाँले ति  पनि जति सक्दो छिटो पर्छयौट गरिने बताउनु भयो ।  पर्छयौट मुद्धा मध्ये १ बर्ष नाघेका मुद्धा न्युन रहेको, ६ महिना देखि १ वर्ष  भित्रको २३ थान पर्छयौट गरिएको र अन्य ७३ थान मुद्धा ६ महिना भित्रमै पर्छयौट गरिएको जानकारी उहाँले दिनु भयो ।  पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले मुद्धाहरुका सम्वन्धमा राखेका जिज्ञाषा जिल्ला न्यायधिष कोईरालाले मेटाएका थिए ।

श्रेस्तेदार श्याम विहारी मौर्य भन्छन् –‘सामन्य प्रकृतिका मुद्धाहरु समेत बढ्दै जानुले अदालत प्रति जनआश्था बढेको अपेक्षा गरेका छौ र त्यो अपेक्षा पुरा गर्नका लागि आदालतले घर दैलो कार्यक्रम समेत गर्दै हिडेका छौं ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ