कमल पौडेल | चैत १६, गुल्मी | गुल्मीको मुसिकोट नगरपालिकाले कोरोना भाइरसवाट वच्न घर भित्रै बस्न र विदेशवाट आएका सवैजनालाई घरकै एकान्तवासमा वस्न आग्रह गरेको छ । भने कोरोनाका संभावित विरामीलाई राख्न रुद्रावति बहुमुखि क्याम्पसमा १० वेड सहितको क्वारेन्टाइन स्थल र प्रत्येक वडामा १० वेडका क्वारेन्टाइन स्थल तयार गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै विरामीको सहजताको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको र नगरपालिका भित्रका सवै स्वास्थ्य चौकी र एम्बुलेन्स चालकलाई साधारण व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) को व्यवस्था गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभएको छ ।

मुसिकोट नगरपालिका भित्र साधारण १६ ओटा व्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटक्टिभ इक्युपमेन्ट पिपिइ) वितरण गरिसकिएको र गुणस्तरीय १० ओटा पिपिइ आउँदै गरेको प्रमुख सापकोटाले जानकारी दिनुभएको छ। नगरपालिकाले थर्मोमिटर गन सहित वामीटक्सार स्वास्थ्य चौकी र बडागाउँ स्वास्थ्य चौकीमा हेल्थडेक्सको स्थापना गरेर सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख डिवि जिसिले जानकारी दिनुभएको छ ।

नगरपालिका भित्र ५ ओटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य कर्मिलाई ग्लोव, मास्क र सेनिटाइजर सहित तयारी अवस्थामा राखिएको र स्थानिय रुपमा उत्पादन गरिएका ३० सेट गाउन सहित स्वास्थ्यकर्मि परिचालन गरेको स्वास्थ्य शाखाले जनाएको छ।

You Might Also Like
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPटिप्सडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML