2026-09-13 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

चैत २२, सप्तरी | सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको नौ जनाकै परीक्षण रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेण्ट डा चुमनलाल दासले जानकारी दिनुभयो । 

भारतका विभिन्न ठाउँबाट जमातमा सहभागी भएर घर फर्किएका राजविराज नगरपालिकाका आठ तथा गत चैत्र ४ गते फ्रान्सको विमानमा नेपाल फर्केका तिलाठी कोइलाडी गाउँपालिकाका एक गरी नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो । वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजितकुमार झाको नेतृत्वमा सबै जनाको स्वाबको नमूना सङ्कलन गरिएको थियो । परीक्षण रिपोर्ट नेगेटिभ आएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु डा दासले बताउनुभयो ।

यस्तै भारतको दिल्लीमा सम्पन्न धार्मिक कार्यक्रम निजामुद्दिन जमातबाट फर्किएका सिरहाका आठ जनालाई शुक्रबार सिरहा प्रहरीले क्वारेन्टाइनमा पठाइएको छ । कार्यक्रम सकेर गत मङ्गलबार मध्यराति घर फर्किएका आठै जना स्वास्थ्य जाँच नगराई सिधैँ घर पुगेका थिए । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख जनक पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सबैलाई घरबाटै नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको जनाइएको छ । हालसम्म सिरहाको गोलबजारस्थित क्वारेन्टाइनमा २५ जना रहेको क्वारेन्टाइनका इञ्चार्ज निरन्जन सिंहले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन