Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न नमानेपछि…

२०७६, २२ चैत्र शनिबार ०४:१६

चैत २२, ठिनी | पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै जोमसोम फर्किनुभयो ।

विश्वव्यापी महामारीका रूपमा फलिएको कोभिड–१९को रोकथाम तथा नियन्त्रण गर्न उपल्लो मुस्ताङको लोमान्थाङ–५ का युवा सक्रियताका साथ लागेका छन् । उनीहरुले शुक्रबार कोरोना रोकथाम तथा नियन्त्रण समितिसमेत गठन गरेका छन् । यस अगाडि कोरला घुम्न आएका बेनी–जोमसोम सडकखण्डका दुई सरकारी गाडीलाई युवाहरुले बाटोमै रोकेका थिए । गाउँलेसमेतलाई विशेष कामबाहेक बाहिर निस्कन नपाइने नियम लागू गरेका छन् ।

यदि कुनै कारणले कोही नयाँ व्यक्ति गाउँ प्रवेश गरे अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमसमेत बनाएका छन् । लोमान्थाङ–५ कोरोना रोकथामसँग आबद्ध समितिका युवाले प्रशासकीय अधिकृत पौडेललाई क्वारेन्टाइन बसेर मापदण्ड पूरा गर्न सुझाएका थिए । तर पौडेलले क्वारेन्टाइनमा नबस्ने जनाउँदै फर्किएको लोमान्थाङका युवा टसी आङ्ग्या गुरुङले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार लोमान्थाङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई रवाना लिएको चार महिनापछि मात्र पौडेल गाउँ आएका थिए । मुस्ताङमा कोरना भाइरसको उच्च जोखिम देखेर क्वारेन्टाइन व्यवस्थापन समितिको संयोजक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको नेतृत्वमा थासाङ गाउँपालिकाको घासामा जनता आधारभूत विद्यालयमा १० श्यया, घरपझोङ गाउँपालिका जोमसोमको जनहित माविमा २० श्यया, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र मुक्तिनाथमा छ श्यया, लोघेकर दामोदरकुण्ड गाउँपालिका चराङको युवा क्लब भवनमा आठ श्यया र लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ वडा कार्यालयमा १४ श्यया क्षमताको क्वारेन्टाइन स्थापना गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । हालसम्म सात जनालाई घासाको क्वारेन्टाइनमा राखेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश