2026-09-12 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका चार गाउँपालिकाका एकान्तबास रित्तिँदै

चैत २७ , प्युठान | यहाँका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ । तीन सय ५६ जनाको क्षमताका एकान्तवास भए पनि हाल ८६ जना मात्रै बसेका छन् ।

स्वर्गद्वारी नगरपालिकाले ४७  व्यक्तिलाई एकान्तवासमा राखेको  छ । सात सय ३४ जना भारत तथा तेस्रो मुलुकबाट भित्रिएको र तिनलाई विद्यालयमा बनाइएको एकान्तबासमा राखिएको नगर प्रमुख नेत्रबहादुर रोकायले जानकारी दिनुभयो । एकान्तबासमा बसेकालाई पालिकाले प्रतिव्यक्ति  रु २५०  प्रतिदिनको सुविधा प्रदान गरेको छ । ऐरावती गाउँपालिकामा ३२, नौबहिनीमा तीन र माण्डवी गाउँपालिकाले छ जनालाई विद्यालयमा बनाएको एकान्तवासमा राखेको स्थानीय तहले जानकारी दिएका छन् । प्यूठान नगरपालिका तथा गौमुखी, झिमरुक, मल्लरानी र सरुमारानी गाउँपालिकामा रहेका एकान्तवास रित्तै छन् । 

प्यूठान नगरपालिकामा ४७२ जना भित्रिएकामा ४४९ जना भारत र २३ जना तेस्रो मुलुकबाट भित्रिएको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिनुभयो । 

३ प्रतिशत मात्रै क्वारेन्टाइनमा 

जिल्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएका तीन प्रतिशत मात्रै स्थानीय तहले बनाएका क्वारेन्टाइनमा छन् । जिल्लामा भित्रिएकाहरुलाई केही स्थानीय तहले न्यून संख्यामा क्वारेन्टाइनमा राखेका छन् भने बाँकी स्थानीय तहमा क्वारेन्टाइनमा रहेको संख्या शून्य छ । 

जिल्लामा भारत, कतार, मलेसिया, यूएईलगायत देशमा रोजगारको सिलसिलामा गएकाहरु बुधबारसम्म दुई हजार ९३० जना भित्रिएको तथ्यांक छ । त्यसमध्ये पाँच जना कोरोना विशेष अस्पताल बेल्झुण्डी, दाङको आइसोलेशनमा तथा ८६ जना सुरक्षित रुपमा क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो । 

जिल्लाबाट हालसम्म सात जनाको स्वाब परीक्षणको नमूना पठाइएकामा दुई नेगेटिभ रिर्पोट आएको छ भने बाँकी ५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल बेलझुण्डीमा पठाइएकामा  रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख सुवेदीको भनाइ छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन