Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

धार्मिक आस्थाका केन्द्र सुनसान

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नीरज गौतम | चैत २८, नेपालगञ्ज | श्रद्धालु भक्तजनको घुइँचो लाग्ने यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर अहिले सुनसान देखिएको छ ।   कोभिड—१९ को महामारीले मुलुक बन्दाबन्दीमा परेपछि माता बागेश्वरी मन्दिरको साँझबिहान हुने सरसफाइ, पूजापाठ, आरतीबाहेक अन्य गतिविधि ठप्प भएको छ ।

‘मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनको भेटी खर्चको मूलआधार नभए पनि त्यसले महत्वपूर्ण अर्थ राख्ने गरेको छ’, बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले भन्नुभयो । उहाँका अनुसार, मन्दिरको मासिक सरदर रु पाँच लाख खर्च भाडा पसलले धान्ने गरेको छ । सडक विस्तारका क्रममा मन्दिरको पूर्वदक्षिणतर्फको भत्काइएका पसल नबनेकाले  भने खर्च धान्न केही कठिनाइ भएको सचिव अधिकारीले बताउनुभयो ।

सतीदेवीको जिब्रो पतन भएको स्थानमा स्थापना भएको मानिने बागेश्वरी मन्दिरमा श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेहरुको मनोकामना पूरा हुने जनविश्वास  छ । मन्दिरका मूल महन्त चन्द्रनाथ योगी भन्नुहुन्छ, ‘ मन्दिरमा विशेष संकल्प गर्ने भक्तजनले बागेश्वरी माताको खुला दर्शन गरेमा सबै कष्टबाट मुक्ति पाउने गरेका छन् ।’ लकडाउनअघि मन्दिरमा विशेष संकल्प गर्ने भक्तजनका लागि तोकिएको समयमा खुला दर्शन गर्न पाउने व्यवस्था पनि हुन्थ्यो ।

नेपालगञ्जको मध्यभागमा रहेको यो मन्दिर आउजाउ गर्ने दुई बाटामध्ये पश्चिमतर्फको साँघुरो र अहिले निर्माणका क्रममा  छ । बाटाका दुवै छेउमा ठेला र गुम्ती पसल राख्नाले अझ साँघुरो भएको छ । मन्दिर प्रवेश गर्ने पूर्वतर्फको न्युरोड भने फराकिलो छ ।

मन्दिरमा विशेषतः बाँकेलगायत बर्दिया, दाङ्ग, सुर्खेत, दैलेख र भारतका विभिन्न स्थानबाट भक्तजन माता बागेश्वरीमा पूजापाठ गर्न आउने  गर्थे । माता बागेश्वरीको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास छ ।  मन्दिरमा दशैंको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा छ । मन्दिर परिसरमा नेपालकै एक मात्र जुँगे महादेवको पूर्णकदको मूर्ति आकर्षणका रुपमा रहेको ।

बागेश्वरी मन्दिरसंगै नेपालगञ्जका मस्जिद, चर्च, गुम्बा र गुरुनानक मन्दिर पनि लकडाउनका कारण बन्द गरिएका छन् ।  धार्मिक सद्भाव मञ्चको निर्णयानुसार धार्मिक आस्थाका सबैखाले स्थान बन्द गरिएको संस्थाका सचिव मौलाना जब्बार मञ्जरीले बताउनुभयो । रासस