2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

जाजरकोट र रोल्पाका १९ मजदूर मेलम्चीमा अलपत्र

चैत २८, मेलम्ची | सडकको काममा मजदूरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदूर सिन्धुपाल्चोकमा अलपत्र परेका छन् । गत पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि  ल्याइएका उनीहरु ठेकेदार प्रकाश श्रेष्ठ लकडाउनमा सम्पर्कविहीन भएपछि १० दिनदेखि भोकभोकै परेका छन् ।

 मेलम्ची १० मा बस्दैआएका उनीहरुको समूहमा दुई महिला र र १७ पुरुष छन् । अलपत्र पर्नेमा रोल्पाका ६ र जाजरकोटका १३ जना छन् । ‘हामीलाई काम दिन भनेर ठेकेदारले यहाँ ल्याए तर अहिले आपत्को समयमा सम्पर्कविहीन भएकाले अलपत्रमा परेका छौँ’, जाजरकोट छेहेरा गाउँपालिकाका कर्णबहादुर पुन मगरले भन्नुभयो, ‘ दैनिक खानका लागि अहिले समस्या भएको छ ।’ उहाँले डकडाउनका कारण नौ दिनदेखि काम नगरिएको र घर जाने र खाने खर्च नभएको पनि बताउनुभयो । 

ठेकेदारका खोजीमा प्रहरी कार्यालयसम्म पुग्दा पनि केही नभएको उनीहरुको गुनासो छ । मेलम्ची १० का वडाध्यक्ष भक्तबहादुर कार्कीले उनीहरु अलपत्र परेकाले राहत दिने प्रक्रिया शुरु भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई