2026-11-02 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

दैलोदैलोमै दैनिक रगत सङ्कलन: रगत अभाव छैन

चैत २८, भक्तपुर | नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाले लकडाउनको अवधिमा रगतको अभाव हुन नदिन दैलोदैलोमै रगत सङ्कलनको अभियान सञ्चालन गरेको छ ।

कारोना भाइरसको माहामारी हुन नदिन सरकारले गरेको लकडाउनमा रेडक्रसले ‘डोर टु डोर रक्तदान’ अभियान सञ्चालन गरेको भक्तपुर जिल्ला सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो । रेडक्रसकै समन्वयमा आज मध्यपुरथिमि श्यामा श्यामा धाम राधेराधेमा राधामाधव समितिअन्तर्गत डिभाइन युथ क्लब नेपालले सञ्चालन गरेको रक्तदानमा २७ युवाले रक्तदान गरेको समितिका प्रेस संयोजक मुकुन्द अर्यालले जानकारी दिनुभयो । 

रगतको अभाव हुन नदिन लकडाउन भएको दिन चैत ११ गतेदेखि नै दिनदेखि स्वयंसेवी रक्तदाता समाज (ब्लोदान) र स्वयंसेवी रक्तदाताको सहयोगमा हरेक दिन रगत सङ्कलन गरेको सभापति थापाले जानकारी दिनुभयो । सुत्केरी, क्यान्सर, मिर्गौला, अन्य शल्यक्रिया, दुर्घटनालगायतका बिरामीलाई नियमित नै रगतको आवश्यक्ता पर्दैन तर लकडाउनले रक्तदान हुन नसक्दा बिरामी र बिरामीका आफन्तलाई ठूलो समस्या पर्ने भएपछि उपत्यकाका विभिन्न स्थानमा डोर टु डोर रक्तदान अभियान सञ्चालन गरेको उहाँको भनाइ छ । 

दैनिक तीन चार ठाउँमा रक्तदान कार्यक्रम राखेर सामाजिक दूरी कायम गरी सुरक्षित तवरले रक्तदान गर्ने गरेको जानकारी दिँदै उहाँले अहिले पनि दैनिक १२५ पिन्टसम्म रगत वितरण भइरहेको जानकारी दिनुभयो ।

रेडक्रसका सभापति थापाले भन्नुभयो, “अहिले रगतको अभाव हुन दिएका छैनौँ, ११ गतेयता अहिलेसम्म एक हजार ६०० पिन्ट रगत सङ्कलन गरिसक्यौँ, अहिले पनि होल ब्लड ५००, पिपिआरपी ब्लड १०० र एफएफपी ब्लड ८०० पिन्ट स्टक छ, आत्तिनुपर्ने अवस्था छैन ।”

त्यसैगरी रेडक्रसले जिल्लाका भक्तपुर, चाँगुनारायण, मध्यपुर र सूर्यविनायक नगरपालिका प्रत्येकलाई रु एक लाखका दरले राहत सामग्री वितरण गर्ने गरी नगरपालिकाको विपद् कोषमा रु चार लाख प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

रेडक्रसले कोभिड–१९ बारे जनचेतना फैलाउन सबै नगरपालिकामा माइकिङ गर्ने जिल्लाबाट सञ्चालित एम्बुलेन्स र रक्तसञ्चार सेवालाई गुणस्तरीयरुपमा सञ्चालन गर्ने, एम्बुलेन्स चालकलाई पिपिइ सेट, मास्क, पञ्जालगायतका सामग्री वितरण गरेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द