2026-06-25 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

७ वर्षीया छोरीको हत्या गरी आत्महत्याको नाटक

वैशाख ८, पर्सा । छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई प्रहरीले पक्राउ गरेको छ । 

संजयले आफ्नै छोरी ७  वर्षीया अंशू कुमारी सरार्फलाई गत चैत ११ गते  दिउँसो झुण्डी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको दावी गरेका थिए । तर संजयलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा मृतक अंशू कुमारी सरार्फले आफै झुण्डी आत्महत्या गरेको नभई उनैले घाटी थिची हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

साथै आफूले गरेको कसूरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ