Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चैत यता बैतडीमा भारतबाट ४ हजार ८०० भित्रिए

By साझासवाल 2 मिनेट पढाइ

<p>वैशाख १०, बैतडी | बैतडीमा चैत महिनामात्रै भारतबाट ४ हजार ८२२ नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धेरैजसो नागरिक लकडाउन हुनुअघि नै भित्रिएका हुन् भने केही लकडाउनपछि भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताउनुभयो ।&nbsp;</p><p>लकडाउनपछि भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणपछि घर पठाएको भए पनि लकडाउनअघि भित्रिएकाहरुको स्वास्थ्य परीक्षण हुन सकेको छैन । दशरथचन्द नगरपालिकामा ५३१, पुर्चौंडीमा ३४३, मेलौलीमा ४४९, पाटनमा ४८२ र सुर्नयामा ४०५ नागरिक भित्रिएका छन् ।&nbsp;</p><p>यस्तै डिलाशैनीमा २६५, दोगडाकेदारमा ४०१, पञ्चेश्वरमा ८९५, सिगासमा १३९ र शिवनाथमा ९१२ नेपाली भित्रिएको बताइएको छ । गत चैत १० गतेअघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन् भने उनीहरुको स्वास्थ्य परीक्षणसमेत भएको छैन । रासस</p>

समाचार सुन्नुहोस्

यो समाचार नेपाली आवाजमा सुन्न Play थिच्नुहोस्।