2026-09-19 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

अन्यत्रबाट आएकालाई ‘होम क्वारेन्टाइन’ मै राख्न निर्देश

राजकुमार पराजुली | वैशाख १६, काभ्रेपलाञ्चोक | विभिन्न मुलुक तथा अन्य जिल्लाबाट काभ्रेपलाञ्चोक फर्कने नागरिकलाई एकान्त घरवास (होम क्वारेन्टाइन)मा राख्न स्थानीय तहलाई निर्देशन दिइएको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले अन्य स्थानबाट आएका नागरिको अभिलेख राख्न, स्वास्थ्य परीक्षण गर्न र अनिवार्यरूपमा होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिइएको हो । 

पोष्टले बन्दाबन्दीको एक महिनापछि घर फर्किएका नागरिकलाई होम क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई सुझाव दिएको हो । हालसम्म विदेशबाट फर्केका र मुलुककै अन्य स्थानबाट काभ्रेपलाञ्चोक घर आएका सबै घरमै छन् । स्थानीय तहले भने आ–आफ्नै क्षेत्रमा २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका थिए । हाल ती क्वारेन्टाइन खाली अवस्थामा छन् । मण्डनदेउपुर नगरपालिकामा विदेशबाट फर्किएका आठ तथा धुलिखेल नगरमा १० राखेर समयावधि सकिएपछि घर पठाएपछि क्वारेन्टाइन रित्तिएका हुन् । 

कम्तीमा दुई हप्ता घरमै बस्न लगाइएकामा त्यस्तो नभइ बाहिर निस्कने र अन्य मानिससँग भेटघाट गर्ने गुनासो आएपछि पोष्टले होम क्वारेन्टाइनमै बसाउन स्थानीय स्वास्थ्य शाखामार्फत जनप्रतिनिधिलाई सुझाव दिएको जनाएको छ । अन्यत्रबाट घर फर्किएकाको स्थानीय स्वास्थ्यकर्मीबाट प्रारम्भिक स्वास्थ्य परीक्षण गरी घरमै बसाइएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । “होम क्वारेन्टाइनमा बसाइएका नागरिक बाहिर निस्कने भेटघाट गर्ने देखिएपछि होम क्वारेन्टाइनमै राख्न निर्देशन दिइएको हो”, झाले भन्नुभयो ।

पोष्टले स्थानीय तहद्वारा व्यवस्थित गरेको क्वारेन्टाइनमा बस्न चाहनेलाई त्यहाँ राख्न पनि सुझाव दिएको छ । झाका अनुसार काठमाडौँ उपत्यका हुँदै काभ्रेपलाञ्चोक घर आउनेको जडीबुटी, जगाती र बनेपामा ज्वरो नापेर ‘सेल्फ क्वारेन्टाइन’मा बस्न मौखिक सहमति गरी पठाइएको छ । हालसम्म काभ्रेपलाञ्चोकमा विदेशबाट आएका ४८० को र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको झाले जानकारी दिनुभयो । उहाँका अनुसार बेथानचोक गाउँपालिकामा विदेशबाट फर्कनेसँगको सम्पर्कमा आएका ४० तथा तेमाल गाउँपालिकामा भारतबाट आएका आठको आरडिटी गर्ने तयारी भइरहेको छ । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएकामा भारतपछि दुबइबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ ।

पनौती नगरले पनि विदेशबाट फर्किएका १२४ लाई होम क्वारेन्टाइनमै राखी स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन् । “हामीले सबैलाई होम क्वारेन्टाइनमै राखेर निगरानी गरिरहेका छौँ, कोही पनि बाहिर निस्केका छैनन्”, नगरप्रमुख भीम न्यापानेले भन्नुभयो । उहाँका अनुसार १३० विपन्न परिवार तथा अन्यत्रबाट पनौती आई बसोबास गर्ने ४७० विपन्न एवं मजदुरलाई तेस्रो चरणको प्याकेज राहत वितरण भइरहेको छ । नपाले ‘फुड बैंक’ स्थापना गरी दाता तथा नगरको रु २० लाखबाट स्वास्थ्य सामग्रीसहित चरणबद्ध राहत वितरण गर्दै आएको छ ।

यसैबीच गत फागुन महिनायता घर फर्किएका सबैको कारोना भाइरससम्बन्धी गरिएको आरडिटीमा सबैको रिपोर्ट नेगटिभ देखिएको पोष्टले जनाएको छ । पोष्टका अनुसार विदेशबाट फर्किएकाको परिवार तथा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान भइरहेको छ । पहिलो चरणमा मण्डनदेउपुर नपा र बेथानचोक गाउँपालिकाबाट खोजीकार्य भइरहेको जनाइएको छ । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसनकक्ष व्यवस्थित छ । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई