२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ र बैतडीका जनप्रतिनिधि दार्चुलामा

२०७७, १७ बैशाख बुधबार ०३:४४

नरेन्द्रसिह कार्की | वैशाख १७, दार्चुला | गत चैत १३ गतेदेखि भारत पिथौरागढको धार्चुलामा अलपत्र परेका नेपालीलाई घर लैजान भन्दै बैतडी र बझाङका जनप्रतिनिधि दार्चुलामा छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली मजदुरको उद्धार हुने र सवारी साधन लिएर आउनुभनेपछि जनप्रतिनिधि दार्चुला पुगेका हुन् ।

धार्चुलाका क्वारेन्टाइनमै एक महिनासम्म बस्दा पनि अझै उनीहरुको उद्धार भने अनिश्चित छ । “प्रशासनको सूचनाका आधारमा तयारी भएर आफ्ना नागरिक घर फर्काउन दार्चुला पुगेका हौँ”, बझाङ जिल्ला बुङ्गल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले भन्नुभयो, “तर दार्चुला आउँदासम्म माथिको आदेश भन्दै उद्धार गर्न नसकिने जानकारी आएको रहेछ ।” 

मङ्गलबार धार्चुलामा रहेका नेपाली ल्याउन बझाङ र बैतडीका जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षाकर्मीसँग कुराकानी गरे पनि अहिले नै उद्धार हुने अवस्था नदेखिएको नगरप्रमुख विष्टले बताउनुभयो । “हाम्रा नागरिकको उद्धारको विषय दिल्ली दरबार र सिंहदरबारको हातमा छ, उनीहरुले नचाहेसम्म ल्याउन सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “गाउँमा बस्दा गाउँका नागरिकले उद्धार नगरेको भन्दै कार्यालय आउँछन्, दार्चुला आउँदा माथिले आदेश नदिएको भन्छन्, उद्धार नगरी कसरी गाउँ जाने ।” काठमाडौँ, धनगढी र महेन्द्रनगरबाट दैनिक दर्जनौँ बसमा मान्छे गाउँ पठाउन हुने तर यही धार्चुला क्षेत्रमा काम गर्न गएका नेपाली एक महिनादेखि घर आउन नपाउने सरकार नीति विभेदकारी भएको उहाँको भनाइ छ । बुङ्गल नगरपालिकाका मात्रै सीमापारि २३४ नेपाली छन् । उता डिडीहाँटमा ११ र झुलाघाँटमा ६० जना बुङ्गल नगरपालिकाकै छन् । 

“जिल्ला प्रशासन कार्यालयमा बैठक गर्दा पनि अझै दुई÷तीन दिन कुर्न भनेका छन्”, डिलौशनी गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ वडाध्यक्ष अक्कलबहादुर रानाले भन्नुभयो, “उनीहरु नलगेरै गाउँ जाने अवस्था पनि छैन, उनीहरु नआएसम्म यही धर्नामा छौँ ।” गाउँमा दवाब थेग्न नकिने अवस्था आएपछि दार्चुला आउनुपरेको उहाँले बताउनुभयो । “वडा कार्यालयदेखि गाउँपालिकासम्म गाउँमा स्थानीयले उद्धार नगरेको भन्दै धर्ना दिइरहेका छन् । उद्धारका लागि आउँदा माथिको आदेश छैन भन्छन्”, बोहराले भन्नुभयो । 

दार्चुला आइसकिएकाले नेपाली नागरिकलाई सीमापारिबाट स्वदेश नल्याएसम्म सदरमुकाम खलङ्गामै बस्ने पुर्चौडी नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर ऐरले बताउनुभयो । “आफ्ना नागरिक लिन आएका हौँ उनीहरुलाई नलगी जाने कुरो भएन ।” आफ्ना नागरिक एक महिनादेखि धार्चुलामा अलपत्र पर्दा आफूहरुसमेत समस्यामा परेको उहाँले सुनाउनुभयो । 

पुर्चौडी–४ का वडाध्यक्ष शैलेन्द्र धानुक अप्ठ्यारोमा परेका नागरिकलाई सरकारले तत्कालै उद्धार गर्न नसक्दा समस्या भएको बताउनुहुन्छ । “पहिल्यै महाकाली तरेर आएकाहरु गाउँमा काम गर्न थाले । चौध दिन क्वारेन्टाइन बसेपछि गाउँको काममा लागे, तर महाकाली तर्न नसक्ने अहिले पनि धार्चुलामै कष्टकर जीवन जीउन बाध्य छन्”, धानुकले भन्नुभयो ।

धार्चुलामा रहेका पुर्चौडीका–४ का अमृत बोहरा आफ्ना जनप्रतिनिधि लिन आउँदा पनि आफूहरुको उद्धार हुन नसकेकामा दुःखी छन् । “एक महिनादेखि क्वारेन्टाइनमा छाँै, भएको पैसा सकियो, घरमा परिवार चिन्तामा छन्, अझै कहिले उद्धार गर्ने हुन्”, उहाँले भन्नुभयो, “धार्चुलामा एसडीएमलाई सोध्यो भने नेपाल लिन मानेको छैन भन्छन्, दार्चुलामा सोध्दा भारतबाट अनुमति आएको छैन भन्छन्”, उहाँले भन्नुभयो । 

दुवै देशका सरकारका कारण आफूहरु अलपत्र परेको उनीहरुको गुनासो छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवर नेपालको तर्फबाट आवश्यक प्रक्रिया पु¥याएर भारतलाई दिएको भन्दै भारतले अनुमति दिएपछि उद्धार गरिने बताउनुभयो । “हामीबाट सम्पूर्ण तयारी भएकै छ”, उहाँले भन्नुभयो, “माथिल्लो तहमा भएको छलफलको आधारमा उद्धार केही दिन पर सरेको हो ।”

उद्धार गर्न माग 

एक महिनादेखि सीमापारि धार्चुलामा अलपत्र परेका नेपालीको उद्धार गर्न नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल र नेपाल दलित सङ्घले संयुक्तरूपमा माग गर्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । क्वारेन्टाइनमा बस्ने समयावधि सकिँदा पनि नेपालीको उद्धार गर्नमा ढिलाइ गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई ज्ञापनपत्र बुझाइएको हो ।

नेविसङ्घ दार्चुलाका अध्यक्ष रमेशराज भट्ट अलपत्र परेका नागरिकलाई स्वदेश नल्याउने सरकारको विभेदकारी निर्णय भएको बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्रलाई मङ्गलबार नै सम्बन्धित निकायमा पठाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मागहरु जायज छन्, सम्बन्धित ठाउँमा पठाउँछु ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ