साउन ४, पाँचथर । खुकुरी प्रहारबाट पाँचथरमा एक व्यक्तिको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।  

फिदिम–२ ओदिनका १९ वर्षे कुन्दन भनिने मनोज तुम्बापोले गएराति खुकुरी प्रहार गरी ओदिनका ४९ वर्षे देवराज इङ्वाको हत्या गरेको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, पाँचथर । खुकुरी प्रहारबाट पाँचथरमा एक व्यक्तिको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।  

फिदिम–२ ओदिनका १९ वर्षे कुन्दन भनिने मनोज तुम्बापोले गएराति खुकुरी प्रहार गरी ओदिनका ४९ वर्षे देवराज इङ्वाको हत्या गरेको प"/>

2026-11-01 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

खुकुरी प्रहार गरि आफ्नै बुवाको हत्या, छुट्याउन गएका २ छोराछोरी गम्भीर घाइते

साउन ४, पाँचथर । खुकुरी प्रहारबाट पाँचथरमा एक व्यक्तिको ज्यान गएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।  

फिदिम–२ ओदिनका १९ वर्षे कुन्दन भनिने मनोज तुम्बापोले गएराति खुकुरी प्रहार गरी ओदिनका ४९ वर्षे देवराज इङ्वाको हत्या गरेको पाँचथरका प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

देवराजका छोरा आइन्द्र र छोरी सावित्रा पनि खुकुरी प्रहारबाट गम्भिर घाइते भएका छन् ।  छिमेकी जय तुम्बापोको घरमा क्रियापुत्री रुग्ने क्रममा राति भेला भएका कुन्दन र देवराजको विवाद भएको थियो ।

विवादपछि देवराज आफ्नो घरतर्फ जाँदै गर्दा मनोजले देवराजलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइते भएका बुवालाई बचाउँन जाँदा देवराजका छोरा आइन्द्र र छोरी सावित्रालाई पनि मनोजले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीको भनाई छ । 

घाइते भएका तीनै जनालाई उपचारका लागि पाँचथर अस्पताल लैजाँदै गर्दा देवराजको बाटोमै ज्यान गएको हो । घाइते भएका आइन्द्र र सावित्राको पाँचथर अस्पतालमा उपचार सम्भव नएपछि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ । 

खुकरी प्रहार गरी फरार रहेका कुन्दनलाई प्रहरीले पक्रेको छ । तेह्रथुमको पौठाक गाविसतर्फ भागेर जाने क्रममा कुन्दनलाई पाँचथर प्रहरीले पक्राउ गरेको हो । स्रोत: उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द