2026-11-02 01:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सीमाका नेपाली भन्छन्ः ‘खानापानी पाएका छैनौँ’

शुरबहादुर सिंह | जेठ ३, बाँके | नेपाल–भारत सीमानाका बाँकेको जमुनाहमा पुगेका नेपालीहरुले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् । ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२ हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिनुभयो । “हामीलाई सीमाबाट फर्काइएपछि भारतको बाबागञ्जमा लिएर क्वारेन्टाइनमा राखियो । १५ दिनपछि बिहीबार राति ९:०० बजे देखि राम्रोसँग खाना र पानी पाएका छैनौँ”, बोहोराले भन्नुभयो ।

भारत अम्बिकडनगरबाट फर्केपश्चात बाबागञ्ज क्वारेन्टाइनमा बसेर आउनुभएका हिमा गाउँपालिका–१ सिञ्जा जुम्लाका गोगनबहादुर शाहीले बिहीबार राति सीमानाका पुगेपछि सबैलाई तरकारी मण्डीमा सुताइएको गुनासो गर्नुभयो । घर फर्कने आशा लिएर फर्केको ४५ दिन भए पनि अझै घर पुग्न समस्या भएको उहाँले बताउनुभयो ।

पलाता गाउँपालिका–७ कालिकोटका कुम्भिर बमले कहिले भारत लेखेट्ने, कहिले नेपाल लखेटेर पनि घर पुग्न समस्या बनाउने प्रवृत्तिले आफूहरुलाई हैरान बनाएको दुखेसो गर्नुभयो । बमले भन्नुभयो, “जमुनाह नाकामा हाम्रो जाँच भइरहेको छ । यस क्षेत्रमा हामीसँग रहेका रोल्पा, पूर्वी रुकुम, प्यूठान, दाङ, अर्घाखाँचीका मान्छेलाई लिन जिल्लाबाट गाडी आएका छन् । तर हामी कहाँ जाने त्यसको पत्तो छैन ।” रोगले नभइ आफूहरुलाई भोकले पीडा दिएको उहाँको भनाइ थियो ।

सीमाका नेपालीलाई प्रजिअको समन्वयमा जिल्ला पठाउँदैछौँ 

जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जमुनाह नाकामा ७०० नेपाली आइपुगेको बताउनुभएको छ । 

रासससँग कुरा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट ७०० नेपाली जमुनाहमा पुगेका उनीहरुको व्यवस्थापनमा लागिएको जनाउनुभयो । “आएका सबैको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यो कार्य सम्पन्न गरेर हामी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको समन्वयमा नागरिकलाई त्यहाँ पुग्ने व्यवस्थापन गर्दैछौँ ।”

यता कर्णाली प्रदेश सरकारले प्रदेशको प्रवेशद्वार बबइमा आइपुगेकाको व्यवस्थापनमा स्वास्थ्य तथा सुरक्षाकर्मीको एकीकृत टोली खटाएको छ । सरकारले नेपालगञ्ज तथा अन्य ठाउँमा आरडिटी नभएकालाई बबइमा आरडिटी गर्ने, क्वारेन्टाइन क्षमताले भ्याउनेसम्मका नागरिकलाई राजधानी सुर्खेतमा राख्ने र बाँकीलाई सम्बन्धित स्थानीय तहको समन्वयमा जिल्लामा पठाइने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो । 

कर्णाली सरकारलाई ८८० थान स्वास्थ्य सामग्री हस्तान्तरण

सेभ द चिल्ड्रेन मध्य तथा सुदूरपश्चिम फिल्ड कार्यालयले कर्णाली प्रदेश सरकारलाई ८८० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सेभ द चिल्ड्रेनले कोरोना भाइरसको प्रकोपबाट बच्न सघाउने उद्देश्यले शुक्रबार व्यक्तिगत तथा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावललाई हस्तान्तरण गरेको हो । 

उक्त संस्थाले ८८० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) र स्वास्थ्य सामग्रीमा ३७० थान डिस्पोजेवल एप्रोन, ३६२ थान एन–९५ मास्क, ३३ थान आइआर थर्मोमिटर, १७५ जार हस्पिटल ग्रेड डिसइन्फेक्टेन्ट (पाँच लिटर), ७६ थान स्प्रे कन्टेनर, १०० थान बायोहजार्ड ब्याग, १९० थान प्रोटेक्टिभ गगल्स र ४५५ थान कोभिड पोष्टर प्रदान गरेको छ ।

हस्तान्तरण कार्यक्रममा सेभ द चिल्ड्रेनलाई धन्यवाद दिँदै मन्त्री रावलले कोभिड–१९ महामारीको कठिन समयमा गरेको सहयोगले कर्णालीलाई ‘ग्रिनजोन’ बनाउन सहयोग पुग्ने बताउनुभयो । “कोभिड–१९ विश्वव्यापी सङ्कट बन्दै गएको छ”, उहाँले भन्नुभयो, “अबका आउने दिनहरू अझै चुनौतीपूर्ण रहेकाले सेभ द चिल्ड्रेनको थप सहयोगको अपेक्षा गर्छौँ ।” सेभ द चिल्ड्रेनले कोभिड–१९ महामारीको योजनामा शुरुआतदेखि गर्दै आएको सहयोगले प्रभावकारी योजना बनाउन मद्दत पुग्ने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी जोशीले बताउनुभयो ।

कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारलाई मद्दत गर्ने र अति सीमान्तकृत समुदाय विशेषगरी जोखिममा रहेका बालबालिकासम्म स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गराउने काम प्राथमिकता रहेको सेभ द चिल्ड्रेनका कार्यक्रम प्रबन्धक अरुणकान्त पौडेलले बताउनुभयो । उहाँले यो महामारीको समयमा हस्तान्तरित स्वास्थ्य सामग्रीले कोरोनाको प्रभावकारी रोकथाम, उपचार र व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द