नरी बडु, असार ५, बैतडी । जिल्ला अदालत बैतडीले गएको आर्थिक वर्ष २०७२/०७३ मा ८८ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, असार ५, बैतडी । जिल्ला अदालत बैतडीले गएको आर्थिक वर्ष २०७२/०७३ मा ८८ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ । 
2026-11-02 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गएको आर्थिक वर्षमा ८८ प्रतिशत मुद्धा फर्छ्यौट

नरी बडु, असार ५, बैतडी । जिल्ला अदालत बैतडीले गएको आर्थिक वर्ष २०७२/०७३ मा ८८ प्रतिशत मुद्धा फर्छ्यौट गरेको छ । 

अदालतले थुनुवा ९२ दशमलब ३०, प्राथमिकता प्राप्त ७८ दशमलब ५७ र साना प्रकृतिका ८३ दशमल ६३ गरी औसतमा जम्मा ८८ प्रतिशत अर्थात ७२ मुद्धा फर्छ्यौट गरेको हो ।

आब ०७१/०७२ मा फर्छ्यौट हुन बाकिँ रहेका १५ र आब ०७२/०७३ मा दर्ता भएका ६७ गरी जम्मा रहेका ८२ मध्ये ७२ मुद्धा फर्छ्यौट भएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार राईभान कुन्जडाले बताउनुभयो । 

कुन्जडाका अनुसार आब ०७१/०७२ मा बाँकी रहेका सबै अर्थात १५ र आब ०७२/०७३ मा दर्ता भएका ६७ मध्ये ५७ मुद्धा फर्छ्यौट भईसकेका छन् । 

यो जिल्ला अदालत बैतडीले राखेको लक्ष भन्दा बढी हो । गएको आर्थिक वर्षमा जिल्ला अदालत बैतडीले ८२ प्रतिशत मुद्धा फर्छ्यौट गर्ने लक्ष राखेको थियो ।

बाँकी रहेका मुद्धामा थुनुवा १, प्राथमिकता प्राप्त ३, साना प्रकृतिका ६ गरी जम्मा १० फर्छ्यौट हुन बाँकी छन् । 

छुवाछुत, जातीय विभेद, बालबालीका सम्बन्धि, पचहत्तर वर्ष उमेर माथिका व्यक्ति पक्ष भएका र महीला बादी मुद्धाहरु प्राथमिकता प्राप्त मुद्धा भित्र पर्ने जिल्ला अदालत  बैतडीले जनाएको छ । 

फोटो : जिल्ला अदालत बैतडी को भवन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द