पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार ६, गुल्मी | </b>जिल्लामा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । छत्रकोट गाउँपालिका –५ अन्र्तगत मैनडाँडाका ६९ वर्षीय पुरुषको बिहीबार राति होम क्वारेन्टिनमा मृत्यु भएको थियो । <br></p><p>गत जेठ २५ गते भारतको मुम्बईबाट घर फर्केका उनको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा मृत्यु भएपछि उनको स्वाब निकालेर परीक्षणका लागि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइएको थियो । </p><p>लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणमा मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीका सूुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । रासस</p>

