साउन ८, काभ्रे | मानिसको जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ८, काभ्रे | मानिसको जन"/>
2026-06-16 11:57 PM
काभ्रेपलान्चोक - KVP

सासूलाई दागबत्ती दिएर बुहारी बसिन् किरिया

साउन ८, काभ्रे | मानिसको जन्म र मृत्यु स्वतः सिद्ध छ। यसमा संस्कार गर्ने परम्परागत विधिलाई समयअनुसार परिमार्जन गर्दै  जानुपर्छ  भन्ने कुरा एक बुहारीले सासूलाई दागबत्ती दिनेदेखि काजकिरिया गर्ने कामको थालनीबाट गरेकी छन्। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। 

काभ्रेको पातलेखेत गाविस-१ मलिनचौरकी सरस्वती धितालले यसको थालनी गरेकी हुन्। सम्भवतः नेपालमै सरस्वतीले सासूलाई दागबत्ती दिएर काजकिरिया थालनी गरेको पहिलो घटना हुनसक्छ। 

पातलेखेतको सामान्य परिवारकी एकल महिला नेत्रकुमारी धितालको बिहीबार विहान ८४ वर्षको उमेरमा निधन भएको थियो। स्वर्गिय धितालको पनौती घाटमा हिन्दु परम्पराअनुसार बुहारी सरस्वतीले दागबत्ती दिएर अन्तिम संस्कार गरेकी थिइन्। 

समाजलाई परिवर्तनको मागैमा अघि बढ्न प्रेरणाको स्रोत बन्दै आफ्नो दायित्व पूरा गर्दै सासुको संस्कारदेखि किरियापुत्रीसम्म बन्ने अठोट बोकेकी सरस्वती समाज र नेपालकै लागि उदाहरणीय व्यक्तित्वको रुपमा देखा परेकी छन्।

उनको १७ वर्षको उमेरमा २०२६ सालमा नेत्रकुमारीका छोरासँग् विवाह भएको थयो। उनले लाउँलाउँ खाउँखाउँको २३ वर्षको उमेरमै २०३२ सालमा आफ्नो जीवनसाथी गुमाएपछि नेत्रकुमारीको निर्देशनमा छोरीको पालनपोषण गर्नुका साथै जीवन यापनका लागि किसानी गरेर ६४ वर्षको उम्मेरसम्म सासूका साथ बस्दै आएकी थिइन्।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ