Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असार १५, बैतडी&nbsp;।&nbsp;&nbsp;लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा&nbsp; आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो ।&nbsp;</p><p>सडक माथिबाट पहिरो खस्दा करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै&nbsp; सडकको ग्याभिनवाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । </p><p>सडक भत्किएपछि सवारीसाधन आवतजावतमा समस्या भएको छ ।&nbsp; पहिरो गएपछि सडक खुलाउन जेसीबीले सम्भव नभएपछि गोकुलेश्वरबाट स्काइभेटर मगाइएको छ । सडक खुलाउन केही समय लाग्ने भएकोले&nbsp; बेलुकासम्म खुल्न सक्ने प्रहरीले जनाएको&nbsp; छ ।&nbsp;</p><p>सडक अवरुद्ध हुँदा राजमार्ग सञ्चालन हुने सवारीसाधन&nbsp; बन्द रहेका छन् भने यात्रुहरु अलपत्र परेका छन् । पनेबाँजमा केहीवर्षदेखि वर्षाको समयमा पहिराले सडक अवरुद्ध हुँदै आएको छ ।&nbsp;</p>