2026-11-02 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

स्थानीय तहको सहमतिपछि मात्रै आवागमन अनुमति

असार १९, काभ्रेपलाञ्चोक। कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बढी जनघनत्व भएका शहरबाट काभ्रेपलाञ्चोकमा आवागमन गर्नेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापश्चात मात्रै अनुमति दिइने भएको छ । यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाउने जनाएको छ । 

पोष्टले कोभिड–१९ सङ्क्रमणको उच्च जोखिमका कारण बढी जनघनत्व भएका काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी, जनकपुर आदि शहर तथा जिल्ला सदरमुकामबाट आउनेजानेका स्थानीय तहद्वारा सुनिश्चितता गर्नुपर्ने जनाएको हो । आवागमन गर्ने नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने विषयमा सम्बन्धित पालिकाद्वारा सुनिश्चितता भएपछि मात्रै अनुमति दिइने सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । “होम क्वारेन्टिनमा बस्न चाहनेले भने स्थानीय प्रहरी, सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा अनुमति दिइनेछ”, उहाँले भन्नुभयो । 

तिमल्सिनाका अनुसार हाल जिल्लामा स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टिनसरहको सुविधा भएको ब्यहोरोसहित होम क्वारेन्टिनमा बस्न अनुरोध गर्नुपर्छ र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोके बमोजिमको होम क्वारेन्टिनसम्बन्धी पालना गर्नेगरी होम क्वारेन्टिन बस्ने अनुमति दिइने निर्णय गरिएको छ । 

साथै, कतिपय जिल्लामा क्वारेन्टिन तथा आइसोलेसन सेन्टरमा न्यूनतम मापदण्डसमेत सुविधा नभएकाले सो स्थानमा बस्ने व्यक्ति भाग्ने, बस्न नचाहने तथा विरामी परेका सूचना प्राप्त भएकाले यस जिल्लामा स्थापना भएका क्वारेन्टिन तथा आइसोलेसन वार्ड समय समयमा अनुगमन गरी सोको प्रतिवेदन गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा पठाउनेसमेत निर्णय भएको छ । विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टिन राख्ने तयारीसमेत गरिएको छ । 

हाल तेस्रो मुलुकबाट आएका ११४ नागरिकस्थानीय तहका क्वारेन्टिनमा बसेको पोष्टले जनाएको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा हालसम्म ८४२ बेडको क्वारेन्टिन तथा भने धुलिखेल नगरपालिकामा १५, बनेपा नपामा पाँच र पाँचखाल नपामा पाँच बेडको आसोलेसन कक्ष व्यवस्थित गरिएको छ । स्थानीय तहमा रहेका क्वारेन्टिनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ । १३ स्थानीय तहका क्वारेन्टिनलाई १०० बेड क्षमताको बनाउने तयारीसँगै हाल रोशी गाउँपालिकाले ११०, तेमाल गाउँपालिकाले १०५, मण्डनदेउपुर नगरले १०० र धुलिखेल नगरले १०० बेडको क्वारेन्टिन व्यवस्थित गरिसकेको पोष्टका सदस्यसचिव एवं स्वास्थ्य कार्यालयप्रमुख डा नरेन्द्र झाले बताउनुभयो ।  

यसैबीच, विभिन्न जिल्लाका क्वारेन्टिनमा यौनजन्य हिंसात्मक घटना बाहिरिएपछि केन्द्र र पोष्टले संयुक्तरुपमा क्वारेन्टिनलाई हिंसामुक्त बनाउने तयारीमा जुटेका छन् । केन्द्र र पोष्ट जिल्लामा रहेका क्वारेन्टिन थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन् नदिन आवश्यक तयारीमा जुटेको हो । जिल्लामा रहेका क्वारेन्टिनलाई हिंसामुक्त बनाउन आवश्यक सेवा सुविधाको व्यवस्थापनमा लागिएको तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषत महिलामाथि हुने हिंसा हुन नदिन सोहीअनुसार क्वारेन्टिन बसाई तथा सेवा दिने व्यवस्थापनमा जुटेका हौँ ।” 

तिमल्सिनाका अनुसार सबै क्वारेन्टिनमा व्यक्तिगत सुरक्षाकासाथै स्वास्थ्य सुरक्षालाई मजबुत बनाउन निर्देशन दिइएको छ । क्वारेन्टिन सुरक्षाको अनुगमन भइरहेको र कडा सुरक्षा रणनीतिबारे योजना बनाइएको कन्द्रले जनाएको छ । हालसम्म काभ्रेपलाञ्चोकका नौ सङ्क्रमितमध्ये छ उपचारपछि घर फर्किएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द