Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सुधारगृहमा क्षमताभन्दा बढी बालक

२०७७, १९ असार शुक्रबार ०५:४१

असार १९, राँझा। बाँकेको डुडुवा गाउँपालिका –६ स्थित बालसुधारगृहमा क्षमताभन्दा बढी बालकलाई राखिएको छ ।   गृहमा ७० जना बस्ने क्षमता भए पनि अहिले एक सय बालकलाई राखिएको बालसुधारगृहका प्रमुख विमला काउचा मगरले जानकारी दिनुभयो । 

गृहमा अदालतबाट फैसला सुनाइएका ३९ र नभएका ६१ बालक छन् । गृहमा सबैभन्दा बढी जबर्जस्ती करणी आरोप लागेका बालक  छन् । क्षमताभन्दा बढी भएका कारण गर्मी र कोरोना महामारीका अवस्थामा पनि कोचाकोचका अवस्थामा बालक तथा किशोर बस्न बाध्य छन् ।

गृहको अवस्था बुझ्न बुधबार निरीक्षणमा पुग्नुभएका उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश हेमराज पन्तले क्षमता घटाउनेतर्फ आवश्यक पहल गर्न निर्देशन दिनुभयो । न्यायाधीश पन्तले कम उमेर र बढी उमेर समूहका बालकलाई छुट्टाछुटै राख्ने प्रबन्ध मिलाउन, गृहमा आवश्यक सरसफाइ र स्प्रेको व्यवस्था गर्न र स्वच्छ खानेपानीको उचित प्रबन्ध मिलाउन निर्देशन दिएको जिल्ला अदालत बालन्याय समन्वय समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी दिनुभयो ।

गृहमा रहेका बालकमा छाला रोगको समस्या देखिएपछि एक हप्ताअघि मात्र स्वास्थ्य शिविर गरी ७० जनालाई सेवा दिइएको डुडुवा गाउँपालिका –६ का वडाध्यक्ष मोहन मिश्रले बताउनुभयो । सुधारगृहमा रहेका अधिकांश बालकमा दाद, लुतोलगायत समस्या  थियो । भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ छाला रोग विशेषज्ञ डा बद्री चापागाईँले बालकहरुको जाँच गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी