Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्युठानमा टिपर दुर्घटना हुँदा दुईको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असार २०, प्युठान | प्युठानमा टिपर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।&nbsp;</p><p>उहाँका अनुसार सडकदेखि&nbsp; करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो&nbsp; टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । रासस</p>